आसन्न निर्वाचन र वैकल्पिक राजनीतिक शक्ति

डा. डीआर उपाध्याय
Read Time = 13 mins

मुलुक लामो समयदेखि अस्तव्यस्त छ । प्रमुख राजनीतिक दल तथा तिनका नेताहरूले मुलुकको भविष्यको बारेमा कुनै चासो र चिन्ता नलिएको देखियो । दलहरूप्रति जनतामा अक्रोश छ । यो अवस्था किन आयो । दलहरूले जनताले सोचेनुसार काम गर्न सकेनन् । दलका नेताहरू आफ्नै स्वार्थमा लिप्त भए । अब पनि दलहरू नसुध्रिने हो भने उनीहरूको भविष्य अन्योलमा पर्नेछ । जनता समय र माग अनुसार परिवर्तनशील हुन्छन् । यो इतिहासबाट सिकेको कुरा हो । व्यवस्थाले जनताका आवश्यकता पूरा गर्न सकेन भने जनता स्वतः असन्तुष्ट हुन्छन् । असन्तुष्टिले नै समाजमा विद्रोह जन्माउँछ । यो कुरा सबैले समयमै बुझ्नु जरुरी छ ।

आज देशमा जनताका अपेक्षा पूरा हुन सकेका छैनन् । जनता चरम निराशामा छन् । देशमा महँगीले आकाश छोएको छ । बिहान बेलुकाको छाक टार्नसमेत आमसर्वसाधरण नागरिकलाई हम्मे हम्मे परिरहेको अवस्था छ । अहिलेसम्म सरकारले जनसरोकारका विषयमा खासै ध्यान दिएको देखिँदैन । जनता सबैतिरको पीडा र समस्याले थिचिएर उकुसमुकुसको अवस्थामा छन् । राजनीतिक दल र तिनका नेताहरू मुलुकप्रति गम्भीर बन्न नखोज्दा समस्या निम्तिएको छ ।

पुराना दल र तिनका नेताहरूबाट जनताले राष्ट्रको भविष्य सुरक्षित हुने देखेका छैनन् । आज जनता वैकल्पिक राजनीतिक शक्तिको खोजीमा छन् । ठूला दलहरूले मुलुकको भविष्य बनाउन सकेनन् । त्यस कारण जनतामा असन्तुष्टि बढ्दै गयो ।

पुराना दल र तिनका नेताहरूबाट जनताले राष्ट्रको भविष्य सुरक्षित हुने देखेका छैनन् । आज जनता वैकल्पिक राजनीतिक शक्तिको खोजीमा छन् । ठूला दलहरूले मुलुकको भविष्य बनाउन सकेनन् । त्यस कारण जनतामा असन्तुष्टि बढ्दै गयो । नेताहरूले राजनीतिलाई कमाउ धन्दामा परिणत गरेका छन् । भ्रष्टाचार मुलुकभर फैलिएको छ । बिचौलियाको बिगबिगी बढेको छ । देशमा सुशासन कायम हुन सकेको छैन ।

नागरिक पूरै निराश छन् । नागरिक निराश हुनु भनेको डरलाग्दो रूप हो । गलत पात्रका कारण राजनीति दुर्गन्धित खेल भयो । दल तथा नेताहरूबाट जनताले बारम्बार धोका पाएका छन् । उनीहरूले राज्यशक्तिको आडमा देशको स्रोत–साधन दोहन गरेका छन् । नागरिकमाथि अपमान गरेका छन् । यो राम्रो कुरा होइन । हामीले जति भने पनि नेताहरूको चेत खुलेन । उही पुरानो तरिकाले देश बनाउन सकिँदैन । दलहरूले राम्रो काम गर्न नसकेकै कारण काठमाडौं, धरान तथा धनगढीमा स्वतन्त्र उम्मेदवारहरूले जितेका हुन् । किनभने अबको राष्ट्र निर्माणमा इमानदार नेतृत्व खोज्नु जरुरी भइसकेको छ । यस अर्थमा आगामी संसदीय चुनावमा ठूला दलहरूलाई जनताले पाखा लगाउने स्थिति नआउला भन्न सकिँदैन ।

यति बेला जनता सचेत छन् । सचेत जनतालाई दलहरूले भ्रममा पार्न अब सक्दैनन् । बुढा नेता र तिनका दलबाट वाक्क–दिक्क नागरिकले परिवर्तन खोजेका छन् । जनता नयाँ अनुहार वा दलका खोजीमा छन् । पछिल्लो समय रवि लामिछानेले ‘राष्ट्रय स्वतन्त्र पार्टी’ गठन गरेका छन् । उनको पार्टीले कति सिट जित्छ त्यो त अहिले यसै भन्न सकिने अवस्था छैन । उनको समर्थनमा जनलहर उर्लिएको देखिन्छ ।
उनको पछि उत्साहित भिड छ । नागरिक समाजको पूर्ण समर्थन छ । विशेषगरी उनको नेृत्वप्रति युवा पिँढी बढी उत्साहित र आकर्षित छन् ।

सुरुवाती राजनीतिको उनको यो सुखद् पक्ष हो । उनी देशव्यापी रूपमा दौडिएका छन् । उनी जहाँ पुग्छन् त्यहीँ भिड जम्मा गर्छन् । उनको पछि लागेको भिडले के साँच्चै अवस्था परिवर्तन खोजेकै हो त ? आज आमनिराश नागरिक रविको पछि लागेका छन् किन होला ?
निराश नागरिकले आशाको ज्योति खोजेको हुन्छ । सरकारले जनताको पक्षमा खासै राम्रो काम गर्न नसकेकै हो । सरकारले राम्रो काम गरेर देखाउन सकेको भए यति ठूलो भिड रवि लामिछानेको पक्षमा लाग्ने थिएन । ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ मा राम्रा राम्रा मान्छे लागेको जस्तो देखिन्छ । यो पार्टीमा युवा वर्गको बाहुल्य छ । युवाले परिवर्तन खोजेका छन् । लामो समयसम्म ठूला राजनीतिक दलहरूबाट वाक्कदिक्क भएका युवाहरू सक्रिय राजनीतिमा आउन थालेका छन् । संघीय र प्रदेशसभाको निर्वाचन मिति घोषणा भएको छ । मंसिर ४ गते चुनाव हुने कुरा छ । निर्वाचन मिति घोषणासँगै विभिन्न राजनीतिक दल चुनाव केन्द्रित बन्न थालेका छन् ।

आजको मितिसम्मको कुरा गर्ने हो भने संघीय र प्रदेशसभाको चुनावमा पनि सत्ता गठबन्धन दलहरू मिलेरै चुनावमा जाने कुरा गरिरहेका छन् । उनीहरूको चाहना के हो भने जसरी हुन्छ एमालेलाई कमजोर बनाउने र चुनावपछि मिलिजुली फेरि सरकारमा जाने र मिलेर खाने यसबाहेक गठबन्धनको अरू कुरा केही देखिएन । लोकतन्त्रमा दलहरू एक्ला एक्लै प्रतिस्पर्धा गर्नुपर्ने हो, मिलेर चुनाव लड्नुको के अर्थ ? यसले राजनीतिक अस्थिरता निम्त्याउने बाहेक अरू केही गर्दैन । नेकपा एमालेलाई कमजोर बनाउन खोज्दा के मुलुकको राजनीति अस्थिरतातर्फ त जाँदैन ? यो प्रश्न भोलि गम्भीर रूपमा उठ्नेछ ।

विगत लामो समयदेखि सत्ता र शक्तिमा रहेकाहरूले मुलुकको भविष्य बनाउन सकेनन् । आमनेपाली जनता विकल्पको खोजीमा पनि छन् । पुराना दलहरूले अवसर पाएर पनि मुलुक बनाउन सकेनन् । लामो समयदेखि नै जनतामा एक खालको वितृष्णा पैदा भइरहेको छ । आज हामीले देखिरहेका छौँ, चुनाव खर्चिलो र महँगो बन्दै गएको छ । संसदमा समेत यो कुरा उठ्यो । पैसा नभएका नेताहरू उम्मेदवार बन्न आँट गर्न सकिरहेका छैनन् । लोकतन्त्रको आधारशीला आवधिक निर्वाचन, स्वतन्त्र न्यायपालिका, व्यवस्थापिका-संसद् र क्रियाशील कार्यपालिका हुन् । लोकतन्त्रको विकल्प भनेको लोकतन्त्र नै हो । दलहरू बिग्रिँदा लोकतन्त्र कमजोर बन्न सक्छ । दलहरूले जनतालाई विश्वास दिलाउन सक्नुपर्छ ।

त्यसो भयो भनेमात्र व्यवस्था बलियो बन्न सक्छ । लोकतन्त्रमा निर्वाचनदेखि कोही भाग्नु हुँदैन । लोकतन्त्रमा विश्वास गर्ने सबैले निर्वाचनमा भाग लिनुपर्छ । राम्रा जनप्रतिनिधि छान्नका लागि बुझेर मात्र आमनागरिकले मतदान गर्नुपर्ने हुन्छ । प्रदेश तथा संघीय चुनावमा सक्षम, शिक्षित तथा नेतृत्व लिनसक्ने युवा तथा महिलालाई अघि सार्नुपर्छ । चुनावमा जादा जनतालाई आश्वासन मात्र बाँड्ने जुन राजनीतिक पार्टीहरूको परम्परा छ त्यसले पार्टीहरूलाई घाटा पुर्‍याइरहेको छ ।

चुनावमा आश्वासन बाँड्ने चुनाव जितेर गएपछि त्यसको कुनै मतलव नगर्ने हाम्रा राजनीतिक दल र नेताहरूको बानी छ । यो राम्रो पटक्कै होइन, आफूले पूरा गर्न सक्ने आश्वासन मात्र दिनुपर्छ । आफ्नो पक्षमा भोट तान्नलाई जे मन लाग्छ त्यस्तो आश्वासन दिनु भनेको जनविश्वास गुमाउनु हो । यो कुरामा सबै राजनीतिक पार्टी र तिनका नेताहरू सचेत हुन जरुरी छ ।

अब जनताले भाषणलाई आधार मानेर विगतमा जस्तै भोट दिइहाल्छन् भन्ने सोच कुनै नेताहरूले नराखे हुन्छ । अहिलेका जनता धेरै सचेत भइसकेका छन् । अब जनताले उधारो आश्वासन होइन, परिणाम खोजेका छन् । अब राजनीतिक दलहरू चुनावमा जाँदा परिणाम लिएर जान सक्नुपर्छ ।

अब जनताले भाषणलाई आधार मानेर विगतमा जस्तै भोट दिइहाल्छन् भन्ने सोच कुनै नेताहरूले नराखे हुन्छ । अहिलेका जनता धेरै सचेत भइसकेका छन् । अब जनताले उधारो आश्वासन होइन, परिणाम खोजेका छन् । अब राजनीतिक दलहरू चुनावमा जाँदा परिणाम लिएर जान सक्नुपर्छ । पटक–पटक सरकारमा गएर पनि प्रमुख दलहरूले केही गर्न सकिरहेका छैनन् । जनतामा निराशामात्र छ । महँगी बढेको बढ्यै छ । युवाहरूले रोजगारी पाउन सकिरहेका छैनन् । नेपाली कांग्रेससमेत एक्लै चुनाव लड्ने आँट गर्न सकिरहेको अवस्था छैन । माओवादी र नेकपा एकीकृत समाजवादी पार्टी एक्लै चुनावमा जान नसकेर गठबन्धन जोगाएर जान खोजेका छन् ।

निर्वाचन आयोगले सरकारले गरेको निर्णयबमोजिम चुनाव गराउन तयार रहेको प्रतिक्रिया दिएको छ । सरकारको निर्णयपछि चुनावबारे छाएको एक खालको अन्योल हटेको छ । अब सिंगो मुलुकको ध्यान चुनावतर्फ केन्द्रित हुने निश्चित छ । चुनावमा सत्ता गठबन्धन कायम रहने सम्भावना बढी छ । नेकपा एमालेविरुद्धको गठबन्धन हो यो ।

अघिल्लो चुनावमा कांग्रेसविरुद्ध गठबन्धन भएको थियो तर राजनीतिमा असम्भव केही हुँदैन । कति बेला के हुन्छ यसै भन्न सकिँदैन । दलका नेताहरू अवसरका खोजीमा लागिरहेका छन् । जनताको भविष्य बनाउन यिनीहरूले राजनीति गरेका होइनन् । देश र जनताको भाग्य र भविष्यप्रति दल र तिनका नेताहरूलाई चिन्ता हुन्थ्यो भने आज जनताले दुःख पाउने थिएनन् ।

Subscribe
Notify of
guest
2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Dhojthapa
Dhojthapa
2022-09-05 9:50 am

वर्तमानको यर्थाथ चित्रण गरिएको डा. साहेवको आर्टिकल

रिलेटेड न्युज

छुटाउनुभयो कि ?