अर्थमन्त्रीमाथि छानबिन गर्न ११ सदस्यीय संसदीय छानबिन समिति गठन

Read Time = 1 min

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको छ । उक्त समिति ११ सदस्यीय रहने भएको छ ।

अर्थमन्त्री शर्माले बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई संलग्न गराएको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको थियो । संसद अवरुद्ध हुने अवस्था आएपछि सत्तारुढ दलहरु समिति बनाउन सहमत भएका छन् ।

११ सदस्यीय संसदीय छानबिन समितिमा नेकपा एमालेबाट ४ जना सदस्य रहने भएका छन् । त्यस्तै नेपाली कांग्रेस र माओवादी केन्द्रबाट दुई दुई जना रहनेछन् ।

यसैगरी जसपा, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीबाट एक– एक जना रहने बताइएको छ ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार ११ सदस्यीय समिति बनाउने टुंगो लागेको भए पनि नेतृत्व कसले गर्ने भन्ने टुंगो लागेको छैन।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?