एमालेले माग्यो गृहमन्त्री श्रेष्ठको राजीनामा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेको छ ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा एमालेले सुन तस्करलाई संरक्षण गरेको भन्दै उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले पदबाट राजीनामा दिनुपर्ने माग गरेको हो ।

एमाले प्रमुख सचेतक पदम गिरीले पटक पटक सुन तस्करी भइरहेको र यसलाई रोक्नुको सट्टा सरकारले नै संरक्षण गरेको भन्दै तत्काल गृहमन्त्री श्रेष्ठले राजीनामा दिनुपर्ने माग गर्नुभयो ।

सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने,  गृहमन्त्रीले राजीनामा दिनुपर्ने र यसबारे सरकारबाट जवाफ आउनुपर्ने भन्दै उहाँले अन्यथा संसद बैठक अघि बढ्न नसक्ने जानकारी गराउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?