रोयल्टी संकलनका लागि सम्झौता

Read Time = 2 mins

काठमाडौं । प्रस्तोता समाज नेपाल, संगीत रोयल्टी संकलन समाज नेपाल र संगीत तथा चलचित्र उत्पादक समाज नेपाल र चिरायु अस्पतालबीच रोयल्टी संकलन सम्बन्धमा सम्झौता भएको छ । प्रस्तोता समाजका कार्यवाहक अध्यक्ष निर्णय श्रेष्ठ, रोयल्टी संकलन समाज नेपालका कार्यवाहक अध्यक्ष चन्द्र शर्मा र संगीत तथा चलचित्र उत्पादक समाज नेपालका अध्यक्ष सूर्यबहादुर मगर तथा अस्पतालका निर्देशक सञ्जीवराज भण्डारीबीच अस्पतालमा गीतसंगीतको सार्वजनिक प्रयोग भएवापत रोयल्टी संकलनको सम्झौता भएको हो ।

संगीत तथा चलचित्र उत्पादक समाज नेपालका अध्यक्ष मगरले अस्पतालले तीनवटै सीएमओका सदस्यहरूलाई उपचारमा हुने छुटको समेत महत्वपूर्ण सम्झौता गरिएको जानकारी गराउनुभयो । अस्पतालका निर्देशक भण्डारीले नेपाली गीतसंगीतको श्रीवृद्धिका लागि गरिने रोयल्टी संकलनमा अस्पतालले पनि सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।

सम्झौता कार्यक्रममा अस्पतालका बिजनेश डेभलप्मेन्ट म्यानेजर हिमाल राना, आइटी अफिसर वसन्त खनाल, एडमिन अफिसर लक्ष्मी अधिकारी, बिजनेश डेभलप्मेन्ट अफिसर नवराज भुजेल, मार्केटिङ अफिसर किरण फुयाँल र फ्रन्ट अफिसर इन्चार्ज सृष्टि डंगोलको उपस्थिति थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?