सन्दीप र दीपेन्द्रको सानदार प्रदर्शन

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । नेपाली क्रिकेट टोलीका सदस्यद्वय दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनमा दुवैको टोलीले ग्लोबल टी-२० क्यानडामा जित हात पारेका छन् । दीपेन्द्रको अलराउण्डर प्रदर्शनमा मोन्टरिएल टाइगर्स र सन्दीपको सानदार प्रदर्शन मद्दतमा सर्रे जागुअर्सले आ-आफ्नो खेलमा जित हात पारेका हुन् । दुवै खेलाडीले मोमेन्ट अफ द म्याचको उपाधिसमेत जित्नुभयो ।

मोन्टरियलले भ्यानकुभर नाइट्सलाई ६ विकेटले पराजित गर्‍यो । जितका लागि १५० रनको मध्यम विजयी लक्ष्य टाइगर्सले १८.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । टाइगर्सको जितमा शेफार्न रदरफोर्डले ५३ बलमा ७ चौका र ६ छक्कासहित ८४ रन जोड्नुभयो । त्यसमा दीपेन्द्रले २२ बलमा २ चौकासहित २२ रनमा नट आउट पारी खेल्नुभयो । एक समय ६७-४ को अवस्थामा रहेको टाइगर्सलाई दीपेन्द्रले पाँचौँ विकेटका लागि रदरफर्डसँग ८६ रनको साझेदारी गर्दै जित दिलाउनुभएको थियो ।

त्यसअघि ओपनर मोहम्मद वासिम १, कप्तान क्रिस लिन शून्य, सकिब अल हसन १२ र दीलप्रित सिंह २१ रनमा रन आउट हुनुभयो । नाइट्सका स्पिनर फिन एलेनले २ ओभरमा १८ रन खर्चेर २ तथा रुबेन ट्रम्पलम्यानले २.१ ओभरमा २४ रन खर्चेर १ विकेट लिनुभयो ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नाइट्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १४९ रन बनाएको थियो । नाइट्सका फखार जमानले ५३ बलमा ७ चौका र ३ छक्कासहित ७३ रन बनाउनुभयो । जमानलाई दीपेन्द्रले १६औँ ओभरको चौथो बलमा कार्लोस ब्रेथवेटबाट क्याच गराउनुभएको थियो ।

दीपेन्द्रले १०औँ ओभरको दोस्रो बलमा हर्ष थाकेरलाई ९ रनमा रन आउट गर्दै सानदार फिल्डिङ प्रदर्शन गर्नुभएको थियो । उहाँले ३ ओभर बलिङ गर्दै १६ रनमात्रै खर्चेर १ विकेटसमेत लिनुभयो । त्यसबाहेक टोलीका लागि कार्लोस ब्रेथवेटले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिनुभयो ।

यस्तै, सन्दीप लामिछानेको सानदार बलिङमा सर्रे जागुअर्सले टोनोन्टो नेशनललाई २० रनले पराजित गरेको छ । यो सन्दीप सम्मिलित सर्रेको पहिलो जित हो । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सर्रेले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४१ रन बनायो । उसका लागि इख्तिखार अहमदले ३५ बलमा ३ चौका र ३ छक्कासहित ४७ रनको योगदान दिनुभयो । त्यस्तै, जतिन्दर सिंह २१, एलेक्स हेल्स १६, लिटन दास २१ र म्याथ्यु फोर्डेले १९ रन बनाउनुभयो ।

नेशनलका लागि स्पिनर साद बिन जाफरले दुई विकेट लिनुभयो । जितका लागि १ सय ४२ रनको विजयी लक्ष्य पछ्याएको नेशनलले वर्षाका कारण प्रभावित बनेर १८ ओभरमा छुट्टाएको खेलमा ९ विकेट गुमाउँदै १ सय २१ रन बनायो । उसका लागि कोलिन मुनरोले २७ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ४३ रन बनाउनुभयो । मुनरो सन्दीपको बलमा बोल्ड हुनुभयो ।

शाहिद अफ्रिदीले २१ बलमा २ छक्कासहित २३ रन जोड्नुभयो । जेजे स्मितले १५ बलमा ३ चौका र १ छक्कासहित २३ रन बनाउनुभयो । सन्दीपले अर्मान कपुरलाई पनि १६ रनमा जतिन्दर सिंहबाट क्याच आउट समेत गराउनुभएको थियो । यस्तै, सन्दीप लामिछानेले ४ ओभरमा मात्रै २२ रन खर्चेर २ विकेट लिनुभयो । म्याथ्यु फोर्डले ४ ओभरमा २९ रन खर्चेर ४ विकेट लिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?