‘एैंचो पैंचो’को ‘काले केटाले’ सार्वजनिक

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । चलचित्र ‘एैंचो पैंचो’को गीत ‘काले केटाले’ सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी गीत सार्वजनिक गरिएको हो । आशिष अविरल र अस्मिता अधिकारीको स्वर रहेको गीतमा एकनारायण भण्डारीको शब्द र आशिष अविरलको संगीत छ ।

चलचित्रमा स्वस्तिमा खड्का, मुकुन भुसाल, वर्षा राउत, सुशील सिटौला, कोशिश क्षेत्री, राजाराम पौडेल, शारदा गिरी, बुद्धि तामाङ, विशाल पहारी, रमेश बुढाथोकी, रविन्द्र झा, सुमन मोटेलगायत कलाकारको अभिनय छ ।

कृषा चौलागाईको निर्देशनमा तयार पारिएको चलचित्रलाई पुरुषोत्तम प्रधानले छायांकन गर्नुभएको हो । चलचित्रमा प्रितम लामिछाने र आध्या लामिछानेको लगानी रहेको छ भने विपिन मल्ल र भुपेन्द्र अधिकारीको सम्पादन, अभिमन्यु निरवीको कथा र कविराज गहतराजको कोरियोग्राफी छ ।

यही भदौ १४ गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारीमा रहेको यो चलचित्र केपी फिल्मस्को व्यानरमा निर्माण भएको हो । चलचित्रको केही समयअघि टिजर सार्वजनिक गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?