छ अर्बभन्दा बढीको सेयर कारोबार

Read Time = 1 min

काठमाडौं । आइतबारदेखि बिहीबारसम्म तीन दिनमात्रै खुलेको सेयर बजार ४७ अंकले घटेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन नेप्से २१.१५ अंकले घटेर २०७०.४१ अंकमा झरेको थियो । नेप्से ४७ अंकले घटे पनि यस साता कुल छ अर्ब २८ करोड ८५ लाख ६६ हजार तीन सय ९० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो साता आठ अर्ब १४ करोड १९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

फागुन ८ गते २३.६० अंकले नेप्से घटेकोमा एक अर्ब ९१ करोड ६२ लाख, फागुन १० गते नेप्से ३३.५७ अंकले बढ्दा एक अर्ब ७८ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । अन्तिम कारोबार दिन फागुन ११ गते नेप्से सूचक ५७.७४ अंकले घट्दा दुई अर्ब ५१ करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?