अख्तियारद्वारा शैल्यशिखर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना विरुद्ध मुद्दा दायर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं ।दार्चुला शैल्यशिखर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित सात जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीबार काठमाडौंस्थित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिनुभयाे।

निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्ट, इन्जिनियर सन्तोष पाण्डेय, तत्कालीन इन्जिनियर राजेन्द्रसिंह धामी र सब-इन्जिनियर दीपकसिंह विष्टविरूद्ध मुद्दा दायर भएको हो।

आर्थिक वर्ष ०७४/ ०७५ र आव ०७५/०७६ मा बन्तोली बोहरीगाउँको सडकखण्ड निर्माणको लागत इष्टिमेटमा कडा चट्टानको भाग बढी देखाई वास्तविकभन्दा बढी भुक्तानी भएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आयोगले शैल्यशिखर नगरपालिका वडा नं ६ पनेबाज मौरीभिटा देखि वडा नं ७ र ८ को सडकखण्ड निर्माणको लागत इष्टिमेटमा कडा चट्टानको भाग बढी देखाई वास्तविकभन्दा बढी भुक्तानी भएको भन्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ ।

आ.व. २०७४/ ०७५ र आ.व. २०७५/०७६ मा संचालित पनेबाज बन्तोली बगौरा सडक खन्ने कार्यमा फिल्डको वास्तविक तथ्य बँग्याई कटिङ गर्दा बढी दररेट रहेको हार्ड रक को परिमाण अस्वभाविक रुपमा बढी मूल्याङ्‍कन गरी नापी किताबमा चढाई हस्ताक्षर गरी निर्माणस्थलमा भए गरेको कार्यभन्दा बढी तथा साईटमा नगरे/नगराएको परिमाणको झुट्टा बिल भरपाई तथा कार्यसम्पन्न प्रतिवेदन स्वीकृत गरी रु २६, ०२,५५६/११ (छब्बीस लाख दुई हजार पाँच सय छपन्न रुपैयाँ र पैसा एघार) बढी भुक्तानी दिई भ्रष्टाचार गरेको उनीमाथि आरोप छ ।

त्यस्तै पनेबाज बन्तोली बगौरा सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष जनकराज जोशी, सचिव धनन्जय जोशी र कोषाध्यक्ष जानकी बडू जोशीविरूद्ध पनि मुद्दा दायर भएको हो।

अख्तियारले उनीहरूबाट बिगो रकम जफत हुन मागदाबीसहित मुद्दा दायर गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?