हरियाली श्रावण(फोटोफिचर)

हिमालय टाइम्स
Read Time = 3 mins

ललितपुर । अहिले धानको खेतहरू, पार्कमा रहेका बाक्ला रुखहरू, हरियो दुबोहरूले र घना बाक्लो जंगलहरूले आँखै हराभरा हुन्छन् । यस्तै दृष्य अहिले लतिलपुरको खोकनामा पनि देखिएको छ । ललितपुरको खोकनाका स्थानीय पनि अहिले धान गोड्न व्यस्त भएका छन् । जेठको अन्त्य र असारको पहिलो सातातिर खेतमा धान रोपेका स्थानीय अहिले गोडमेल गर्न र मल हाल्नको लागि खेतमा व्यस्त देखिन्छन् । स्थानीय बिहानको समय र दिउँसो घाम ढल्किन थालेपछि गोडमेलमा निस्किन्छन् । भर्खरै रोपेको धानलाई झारले खाने भएपछि गोड्नु पर्ने हुन्छ । काठमाडौं उपत्यका मात्र नभई देशका अधिकांश स्थानमा अहिले किसान धान गोड्नमा व्यस्त छन । हरिया फाँटमा सुस्केरा निकाल्दै र गफिँदै किसान गोडमेलमा लागेका छन्। तस्बिर : नेपाल फोटो लाइब्रेरी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?