अभिनयमा निशा

‘संख्याभन्दा पनि गुणस्तरमा सचेत छु’

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । आकर्षक व्यक्तित्व, हसिलो अनुहार अनि मिलनसार छवि हुनुभएकी दोलखकी निशा कार्की पछिल्लो समय मोडलिङमा पृथक पहिचान बनाउन सक्रिय हुनुहुन्छ । हिमालयन अन्तर्राष्ट्रिय म्युजिक अवार्डमा सर्वोत्कृष्ट नवआधुनिक/पप महिला मोडलको अवार्डसमेत चुमिसकेकी कार्कीले दर्जनौं म्युजिक भिडियोमा आफ्नो अभिनय कला पस्किनुभएको छ ।

‘भन निष्ठुरी, मार्दे मलाई मार्दै, खै कसरी हासौ, सधैं यस्तै मीठा कुरा, म त मर्छु होला’ लगायत गीतका भिडियोमा निशाको अभिनय देख्न सकिन्छ । स्तरीय गीतसंगीत र म्युजिक भिडियोका मध्यमबाट नेपाली संगीत क्षेत्रमा सक्रिय रही निरन्तरता दिने उद्देश्यका साथ आफ्ना कर्मलाई अघि बढाइरहनुभएकी निशाले क्रियशन नामक युट्युब च्यानलसमेत सञ्चालन गर्दै आउनु भएको छ । संख्याभन्दा पनि गुणस्तरमा सचेत रहेको बताउने निशा फरकफरक विधाका गीतसंगीतका राम्रा गीतका भिडियोमा अभिनय गर्ने चाह रहेको सुनाउनुहुन्छ ।

पछिल्लो समय राजधानीमा ‘दृश्यमा खप्तड’अन्तर्गत सार्वजनिक भएको ‘सधैं यस्तै मीठा कुरा’ बोलको गीतको भिडियो विमोचन कार्यक्रममा निशाले आफ्नो सुन्दरता र कामको प्रशंसा बटुल्न सफल हुनुभएको थियो । सुदूर पश्चिम प्रदेशमा अवस्थित खप्तड क्षेत्रमा छायांकन गरिएको उक्त भिडियोमा निशा लोकप्रिय कलाकार/मोडल सनम कठायतसँग निकै प्रेमिल मुद्रामा आकर्षक जोडीको रूपमा देखिनुभएको छ । उक्त भिडियोलाई पछिल्लो समय विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पर्यटन प्रवद्र्धन र विस्तारको अभियानका रूपमा पनि चर्चा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?