चार दिनदेखी एक बालिका बेपत्ता

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 4 mins

हुम्ला । हुम्लाको नाम्खा गाउँपालिका याल्वाङबाट एक जना बालिका बेपत्ता भएकी छन् । खार्पुनाथ गाउँपालिका-२ थाली घर भई हाल नाम्खा गाउँपालिका-४ स्थित महाबौद्ध माध्यामिक विद्यालय याल्वाङमा कक्षा १० मा अध्ययनरत १६ वर्षीया सुजता रावल बेपत्ता भएकी हुन् । बालिका बेपत्ता भएको चारदिन भएको छ । हिमाली वाल समाज छात्रबासमा बस्दै आएकी रावललाई सोही छात्रबासले निश्कासन गरेपछि बालिका वेपत्ता भएको आफन्त चिन बोहराले बताउनुभयो ।

छात्राबासले विभिन्न आरोप समेत लगाएको बेपत्ता भएकी बालिकाले लेखेर छोडेको नोट कापीमा छ । कापिमा नोट लेखी रावल बेपत्ता भएकी हुन् । बेपत्ता बालिकाले लेखेको नोटको सुरुमै आफु अब यो संसारमा रहदिन होला, अब मैले बाच्नु पर्ने यत्ति मात्र लेखिएको रहेछ भनि लेखेकी छन् । छात्राबासका शिक्षक शिक्षिकाले विभिन्न खाले टचर दिनुका साथै प्रहरीसँग भेटघाट गर्ने गरेको आरोप समेत लगाएको ती बालिकाले लेखेर छोडेको नोट कापीमा छ । छात्राबासले दिएको विभिन्न तनावका कारण अवदेखि यो संसारमा रहदैन भन्दै कोठाबाट कापिमा लेखेर छोडेको आफन्त बोहराले बताउनुभयो । बालिकालाई छात्राबासले राती राती प्रहरीसँग भेट्न जाने, सँगै खाजा खान जाने, हल भित्र टिकटक बनाउनेलगायतका आरोप लगाएको कुरा ती बालिकाले कापिमा लेखेर छोडेर बेपत्ता भएकी हुन् ।

सोही छात्राबासको असोज ७ गतेको निणर्यले बालिकालाई असोज १० गते सो छात्राबासबाट निश्कासन गरेपछि बालिका सोही दिन सदरमुकाम सिमकोटमा रहेको आफ्ना दिदि भिनाजु बस्ने कोठामा पुगेको भिनाजु बोहराले बताउनुभयो । सदरमुकाम आफ्नो कोठामा पुगेसँगै छात्रावासले लगाएको आरोप सबै सुनाउनुका साथै कापीमा लेखेर छोडी बालिका बेपत्ता भएको आफन्त बोहराले बताउनुभयो ।

बालिकाको खोजविनका लागि असोज १३ गते जिल्ला प्रहरी कार्यालय हुम्लामा उजुरी गरेको प्रहरीले जनाएको छ । खोज तलासका लागि बेपत्ता भएकी बालिकाको प्रयोग गर्ने मोबाईल फोन समेत जिल्ला प्रहरी कार्यालयमा पेश गरेको बोहराले बताउनुभयो । बालिकाको खोजिविनका लागि एसएमएस, इनकमिङ र आउटिङ कललगायतको विवरण उपलव्ध गराउन जिल्ला प्रहरी कार्यालयले हुम्लाले जिल्ला अदालतलाई असोज १४ गते अनुमति माग्नुका साथै सोही दिन अदालतले आदेश समेत दिइ सकेको जिल्ला अदालतका डिट्ठा राजबहादुर शाहीले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?