सत्ता प्राप्तिका लागि सभामुखको राजीनामाले संवैधानिक जटिलता निम्त्याउँछ : राजेन्द्र लिङ्देन

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

बिराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्रकुमार लिङ्देनले कोशी प्रदेशमा सत्ता प्राप्तिका लागि गठबन्धन दलले सभामुखको राजीनामा गराए प्रदेश संवैधानिक जटिलतातर्फ जाने बताउनु भएको छ ।

मंगलबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले कांग्रेस र एमाले मिलेर सरकार बनाउन सुझाव समेत दिनुभयो । आफूहरुलाई सत्ता प्राथमिकताको विषय नभएको बताउँदै उहाँले जसरी पनि सत्तामा पुग्न सभामुख बाबुराम गौतमलाई राजीनामा गराउँदा विश्वासको मत लिन बस्ने प्रदेशसभा बैठकको अध्यक्षता एमालेले गरिदिन्छ ?', उहाँले प्रश्न गर्नुभयो । एमालेले सभाको अध्यक्षता नगरिदिए प्रदेश जटिलतातर्फ जाने उहाँको भनाइ थियो ।

राप्रपालाई अहिले सत्ता पहिलो प्राथमिकता नभएको र यसअघिका सरकारमा बसेर काम गर्ने प्रयास गरेको तर त्यो नटिकेकाले सरकारमा नजाने लिङ्देनको भनाइ थियो ।

९३ सदस्यीय कोशी प्रदेशसभामा ठूलो दल एमालेको ४०, नेपाली कांग्रेसको २९, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६, एकीकृत समाजवादीको ४ र जनता समाजवादी पार्टीको एक सांसद छन् । माओवादीबाट निर्वाचित प्रदेशसभा सदस्य बाबुराम गौतम सभामुख हुनुहुन्छ ।

प्रदेश प्रमुख परशुराम खापुङले बहुमतको सरकार गठनका लागि दिएको समय मंगलबार साँझ ५ बजे सकिंदैछ । तर सत्तारुढ गठबन्धनले बहुमत जुटाउन सकेको छैन । राप्रपाले तत्काल सत्ता गठबन्धनलाई साथ दिन नसकिने प्रष्ट पारेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?