भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको भने घट्यो

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ ।  नेपाल आयल निगमका अनुसार आज नयाँ मूल्य सूची आएको हो ।

पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा मूल्य बढेर आएको हो। पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य लिटरमै १० रुपैयाँसम्मले बढ्ने भएको छ ।

निगमका अनुसार पेट्रोलमा ८ रुपैयाँ, डिजेलमा ७ रुपैयाँ, मट्टितेलमा ७ रुपैयाँ र हवाई इन्धनमा ८ रुपैयाँ बढेर आएको छ। त्यसबाहेक एलपीजी ग्यासको मूल्य भने प्रतिसिलिन्डर एक सय रुपैयाँले घटेर आएको हो।

निगमले स्वचालित मूल्य प्रणाली लागू गरेको छ। जस अनुसार तत्काल मूल्य घटबढ हुने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?