माओवादीप्रति बाबुरामको ब्यङ्य: भ्रष्टाचार र अनियमततामा अनगिन्ती कीर्तिमान खडा गरेर दलहरू फेरि जनतामाझ भ्रम छर्न हिँडे

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेकपा समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भ्रष्टाचार र अनियमततामा अनगिन्ती कीर्तिमान खडा गरेर राजनीतिक दलहरू फेरि जनतामाझ भ्रम छर्न हिँडेको टिप्पणी गर्नुभएको छ ।

माओवादी केन्द्रले ‘जनतासँग माओवादी अभियान’ शुरु गरेको भोलिपल्ट आज बिहान सामाजिक सञ्जालमा उहाँले राजनीतिक आदर्श र मूल्यमान्यताबाट च्यूत भएकाहरू गोहीको आँसु बगाएर पुनः जनतामा भ्रम छर्न लागिपरेको बताउनु भयो।

हिजाे मात्र माओवादी केन्द्रले तीन महिने अभियान सुरु गरेको थियो । ‘‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’’ मार्फत उसले देशभरका सबै जनताको घरघरमा रुपान्तरण अभियान लिएर जाने बताइरहँदा पूर्वमाओवादी समेत रहनुभएको भट्टराईको उक्त टिप्पणी आएको हो ।

केही पुराना दल र नेता राज्यसत्ताको चरम दोहन–भागबण्डा,कमिसनखोरी,शक्तिकेन्द्रहरूको दलाली,आसेपासेहरूको घिनलाग्दो जालो निर्माण, विचार–आदर्श–मूल्यमान्यता–नैतिकताबाट पूरै स्खलन भएको बताउँदै उहाँले तडकभडक र विलासिता लगायतका दुष्कर्मका अनगिन्ति कीर्तिमान खडा गरेर अहिले फेरि गोहीका आँसु र फोस्रा गफ सहित जनतामा भ्रम छर्न हिड्नु उस्तै उस्तै भएन र ? भनेर प्रश्न समेत गर्नुभएको छ ।

— Baburam Bhattarai (@brb1954) September 3, 2023

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?