टिआरसीसँग सम्बन्धित विधेयक छिटो भन्दा छिटो पारित गर्नुपर्छ : काँग्रेस

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको पार्टी पदाधिकारी बैठकमा सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग ऐन चाँडो भन्दा चाँडो पारित गर्नुपर्ने निस्कर्ष निकालेको छ ।

मंगलवार काँग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको पदाधिकारी बैठकमा सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग ऐन चाँडो भन्दा चाँडो पारित गर्नुपर्ने विषयमा छलफल भएको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै काँग्रेस नेता मिनबहादुर विश्वकर्माले वृहत शान्ति सम्झौतापछि शान्ति प्रक्रियाका टुंग्याउन बाँकी रहेका थुप्रै कामका बारेमा सत्य मेलमिलाप तथा बेपत्ता छानबिन आयोगको ऐन अहिले संशोधनको अवस्थामा रहेकाले चाँडो भन्दा चाँडो पारित गर्ने बारेमा सम्बन्धित समितिमा रहेका सांसद र पदाधिकारीबीच छलफल भएको बताउनु भयो । उहाँले द्वन्दरत पक्ष र द्वन्द्वबाट प्रभावित पक्षहरु, पीडित, पीडकहरुसँगको सहमतिमा वा स्वीकार्यमा विधेयक ल्याउनुपर्ने बारेमा छलफल भइसकेको भन्दै त्यसैबारेमा अहिले छलफल गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालले शान्ति प्रक्रिया शुरु गरेपछि, वृहत शान्ति सम्झौतापछि शान्ति प्रक्रियाका टुंग्याउन बाँकी रहेका थुप्रै कामका बारेमा सत्य मेलमिलाप तथा बेपत्ता छानबिन आयोगको ऐन अहिले संशोधनको अवस्थामा छ । त्यसैले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन त्यो ऐन यथाशिघ्र संसदबाट पारित गर्नुपर्ने जरुरी छ । यति हुँदाहुँदै पनि धेरै विवादित विषयहरु थिए । त्यसमा द्वन्दरत पक्ष र द्वन्द्वबाट प्रभावित पक्षहरु, पीडित, पीडकहरुसँगको सहमतिमा वा स्वीकार्यमा विधेयक ल्याउनुपर्छ भनेर फराकिलो छलफल चलिरहेको हो । विगतका संसदले पारित गर्न सकेको थिएन । अहिले त्यही प्रयत्न भइरहेकोमा नेपाली काँग्रेसमा विशेषतः शीर्ष नेताहरुले सभापतिसमेत र संसदमा सम्बन्धित समितिमा काम गर्नु भइरहेका सांसदहरुबीचको आन्तरिक छलफल हो । कहाँ कहाँ अफ्ठ्यारा विषय छन्, त्यसलाई कसरी सहज बनाउने र सत्य निरुपण तथा मेलमिलाप आयोगको ऐनलाई छिटो भन्दा छिटो पारित गराउने र अरु सम्बन्धित पक्षसँग कसरी सहमति जुटाउने भन्ने बारेमा छलफल भएको हो । संसदको गतिरोध अवरोध अन्त्य गर्न सभामुखले पहल गरिरहनुभएको छ । सरकारले पनि यसमा पहल गर्नुपर्छ । हामीले भनिरहेका छौं । विवादित विषयमा सरकारले प्रश्न उठेपछि प्रष्ट्याउनुपर्छ । त्यसपछि संसदको गतिरोध समाप्त हुन्छ । संसदको काम कानून बनाउने हो । थाती रहेका कानूनहरुलाई पनि टुंग्याउन संसदको गतिरोध अन्त्य हुनैपर्छ ।’

नेता विश्वकर्माले संसदमा भइरहेको अवरोधको विवादित विषयमा सरकारले प्रश्न उठेपछि प्रष्ट्याउनुपर्ने बतउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?