नबिलको २५६ औँ शाखा बन्दीपुर कम्प्लेक्समा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नबिल बैंकले २५६औँ बैंकिङ शाखा पुतलीसडकस्थित बन्दीपुर कम्प्लेक्समा विस्तार गरेको छ । शिक्षा हबका रूपमा स्थापित नयाँ शाखा शुक्रबार नबिल बैंकका निर्देशक अनन्त पौड्याल तथा प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले संयुक्तरूपमा उद्घाटन गर्नुभएको हो । निर्देशक पौड्यालले परामर्श हबका रूपमा परिचित पुतलीसडकमा नबिलको शिक्षा हबले विद्यार्थी, अभिभावक तथा परामर्श केन्द्रलाई उत्तम सेवा दिनेमा विश्वस्त रहेको बताउनुभयो ।

शैक्षिक कर्जालगायत आवश्यक सम्पूर्ण बैंकिङ सेवा एकै ठाउँबाट दिने उद्देश्यका साथ शाखा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । नयाँ शाखाको विशेष प्राथमिकता शैक्षिक कर्जामा हुने बताउँदै शाखा प्रमुख विनय देवकोटाले सेवाग्राही विद्यार्थी, अभिभावक तथा परामर्शदातालाई सरल बैंकिङ सेवा प्रदान गर्न सधैँ तत्पर रहने बताउनुभयो । नियमित बैंकिङ सेवाका साथै शैक्षिक कर्जा चाहने सेवाग्राहीलाई एकद्वार सेवा प्रदान गर्ने लक्ष्य बैंकको छ ।

शिक्षा हबका रूपमा रहेको नबिल बैंकको शाखाले आइएलटिएस, टोफेल, जिएरआई, एसएटी परीक्षाको दर्ता शुल्क, भिसा प्रक्रिया शुल्क, कलेज तथा विश्वविद्यालयमा ट्युसन शुल्क र अन्य शुल्कका लागि विदेशी मुद्रा विनिमयलगायतका सेवा प्रदान गर्ने बैंकले जनाएको छ ।

सो अवसरमा फेकन अध्यक्ष वासुदेव नेपाल, इरिन अध्यक्ष हेमन्त भट्टराई, एरी नेपालका अध्यक्ष महेशबाबु तिमल्सिना, इक्यान अध्यक्ष प्रकाश पाण्डे, नायर अध्यक्ष प्रेम पाण्डे र नेकाका अध्यक्ष सन्तोष प्याकुरेललगायतको उपस्थिति रहेको बैंकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?