कारागार भित्रै टोपी बुनेर मनग्य आम्दानी

सुरेश धामी बझाङ, संवाददाता
Read Time = 4 mins

बझाङ । बझाङको जिल्ला कारागार सुधारगृह जस्तै बनेको छ । यहाँका कैदी बन्दीहरुले नयाँ सीपमुलक काम गर्दैआएका छन् । ६७ जनाको हाराहारीमा रहेका उनीहरुले पछिल्लो समय त उद्यमीको रुपमा आफ्नो पहिचान बनाएका छन् । रोचक त के भने उनीहरु कारागारभित्रैबाट आफ्ना सीपमुलक उत्पादन बेचेर खर्च जुटाउँदै आएका छन् ।

करिब ५ वर्षदेखि जेल जीवन बिताइरहेका दिपक देवार टोपी, सुइटर, गल्बन्दीलगायत धागोबाट बन्ने सामाग्री बनाउँछन् । क्यारेमबोर्ड खेलेरै बिताउने समय सीपमुलक काममा लगाउन पाउँदा खुसी लागेको देवारले बताउनुभयो । यसरी उत्पादन गर्ने धागोका सामाग्री बजारमा पनि बिक्री गर्दैआएको उहाँको भनाई छ ।

देवार जस्तै हरि टमटाले पनि टोपी बनाएर आयआर्जन गरिरहनुभएको छ । उनीहरुका अनुसार एक जनाले दैनिक कम्तिमा एउटा टोपी तयार पार्नछन् । टोपी ८ सय रुपैँयाको दरले बिक्री हुँदै आएको उनीहरुले बताए । साथै धागो बाट बन्ने सामाग्री बनाएरै आफूहरुले मासिक ८/१० हजार आम्दानी गर्ने गरेको उनीहरुले सुनाए । स्थानिय उत्पादनका साथै हेर्नमा राम्रो भएकाले यसको बजारिकरणमा सबैले ध्यान दिनुपर्ने नेपाल पत्रकार महासंघ बझाङका सचिव ललित सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, ‘केहि समय अघि मैले पनि ४/५ वटा टोपी त्यहाँबाट किनेर ल्याएको हुँ, टोपी राम्रो छ । यसको बजारिकरणमा सबैले ध्यान दिन आवश्यक छ ।’

निर्मित सामाग्रीको बजार भने प्रसस्त नरहेको उनीहरुको गुनासो छ । बजारको अभावका कारण केही सामाग्री त आफु संगै रहेको टमटाले बताउनुभयो । टमटाले भन्नुभयो, ‘बनाउन केही समस्या छैन्, बनेको सामग्री बिक्री गर्न समस्या छ ।’ सामान बिक्रीका लागि बजार व्यवस्थापनमा सहयोग गरिदिन उनीहरुले कारागारमा पनि अनुरोध गरेका छन् । उनिहरुले आफैले बुनेका सामाग्री परिवारका सदस्यलाई बिक्रीका लागि बजार पठाउँदै आएका छन् ।

उनिहरुले बनाएका सामाग्री विक्रीका लागि आफुहरुले पनि सहयोग गरेको जिल्ला कारागार बझाङका जेलर धन बहादुर घर्तीले बताउनुभयो । कारागारले बेलाबेलामा विभिन्न सिपमूलक तालिम आयोजना गर्दै आएको छ । आफ्नो थप सिप विकासका लागि घरेलु तथा सानाउद्योग विकास कार्यालय संग कैदिहरुले सिप विकास तालिमको माग गरेकाछन् । दुइ बर्ष यता घरेलु तथा साना उद्याेग विकास कार्यालयले कैदी बन्दीहरुका लागी सिप विकास तालिम संचालन नगरेको समेत जेलर घर्तीले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?