बैठकको मूल आत्मा मर्ने भएकाले बैठक लाइभ गरिएन : माधव सापकोटा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को केन्द्रिय कमिटीको बैठकमा आज १८ जना सदस्यहरुले आफ्नो धारणा राखेका छन् ।

बुधवार बसेको पार्टीको केन्द्रिय कमिटीको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले छलफलको विषयहरु राखिसकेपछि १८ जना केन्द्रिय कमिटी सदस्यहरुले आफ्ना धारणा राखेका हुन् । अध्यक्ष दाहालले संगठनात्मक संरचना भद्दा र चुस्त नभएको र अब चुस्त बनाएर लैजानुपर्ने धारणा राखेको केन्द्रिय कमिटी सदस्य माधव सापकोटाले बताउनु भयो ।

उहाँले एक पटक पार्टी पंक्तिलाई वडा स्तरमा फर्काउने र तीन महिनाको अभियान सञ्चालन गरी विधान सम्मेलन बारेमा छलफल भइरहेको बताउनु भयो । उहाँले बैठक लाइभ गर्नु भनेको मुल आत्मालाई मार्नु भएकाले बैठक लाइभ नगरिएको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘पार्टी अध्यक्ष कमरेडले बैठकमा छलफल गर्ने प्रश्ताव प्रश्तुत गर्नुभयो । प्रश्तावको सार संगठनात्मक संरचना भद्दा र चुस्त नभएको कुरा उठिरहेको थियो, यसलाई दुरुस्त बनाउने र एक पटक पार्टी पंक्तिलाई वडा स्तरमा फर्काउने र तीन महिनाको अभियान सञ्चालन गरी विधान सम्मेलन गर्ने । विधान सम्मेलनबाट पार्टीलाई चुस्त र व्यवस्थित बनाउने प्रश्ताव राख्नुभएको छ । आज १८ जनाले आफ्ना धारणा राख्नुभयो । बैठक लाइभ गर्नु भनेको मुल आत्मालाई मार्नु हो । किनभने बैठक आन्तरिक हो, घरायसी हो । नेतृत्वको आलोचना गर्ने, सुझाव दिने कुरा हो । लाइभ गर्दा गोपनियता भंग हुन्छ । त्यसलाई आन्तरिक रुपमा सिमित गरिएको हो ।’

केन्द्रिय सदस्य सापकोटाले बैठकको लाइभ गर्दा गोपनियता भंग हुने भएकाले नगरेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?