कुमारी सुनौलो योजनाको भुक्तानी इसेवाबाट

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । भुक्तानी सेवा प्रदायक इसेवाबाट कुमारी सुनौलो लगानी योजनाको भुक्तानी गर्न सकिने भएको छ । कुमारी क्यापिटलको म्युचुअल फण्डको वेबसाइटमा इसेवामार्फत् भुक्तानी गर्न सकिने भएको हो । अनलाइन भुक्तानीसम्बन्धी सम्झौतापत्रमा इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्का र कुमारी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गर्नुभएको छ ।

साथै इसेवा र इसेवा रेमिटले युकेएआइडी एसइपी-सीप परियोजनासँगको सहकार्यमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई रेमिट्यान्स सदुपयोग गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

कार्यक्रमअन्तर्गत वैदेशिक रोजगारमा गएका श्रमिकले पठाएको रेमिट्यान्स सहज रूपमा लगानी गर्न शुभ लक्ष्मी कोषको एसआइपी÷युनिट पर्चेज उपयोगी हुने बताइएको छ । हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइलमार्फत् करिब ७५ लाख ग्राहकले लिइरहेको कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?