गमगढी बजार पुग्ने सिँडी बनेपछि स्थानियलाई सहज

हिमालय टाइम्स
Read Time = 4 mins

-नृपेन्द्र बहादुर मल्ल

मुगु । मुगु जिल्ला सदरमुकाम गमगढी बजार पुग्न २३० सिँडि बनाईएको छ ।

संघिय सरकार मातहतको सघन शहरी विकास कार्यालय जुम्लाले मुगु जिल्ला सदरमुकाम गमगढी बजार जाँदा प्रयोग गर्नका लागी रेलिङ्गसहित २३० सिँडिहरु बनाएको हो ।

छायानाथ रारा नगरपालिका वडा नं १ मेलारुख देखि सत्य मल्लको घरसम्म रहेको पुरानो ठाडो उकालो गोरेटो बाटोलाई सुधार गरेर मानिसहरुलाई बजार पुग्न सजिलो होस भनेर सघन शहरी विकास कार्यालयले सिँडिहरु बनाएको थियो ।

यो सिँडि बनेपछि गमगढी बजारका दक्षिण तिर रहेका श्रीनगर, भामवाडा, चैन, बालै, घुईर, माथी घुईर, पिना, कोटिल्ला, मन्दु, जुक्यान, घट्लेख, तल्लेख गाँउका स्थानियहरुलाई गमगढी-बालै-पिना सडकको मुलबाटोबाट बजार जान सजिलो भएको छ । पहिला घुमाउरो बाटो भएर बजार जाँदा मुल सडकबाट १५ देखि २० मिनेटसम्म लाग्ने गर्थ्याे, अब सिँडिबाट जाँदा बढीमा ५ मिनेट लाग्ने गरेको स्थानिय उपर बहादुर मल्लले बताउनु भयो ।

पुरानो गोरेटो त्यो पनि भिरमा हुँदा कयौ पटक मानिसहरु लडेको र मुख्य गरि महिला, बालबालिका र जेष्ठ नागरिकहरु छोटो बाटो भएर बजार जाँदा र घर फर्कदा सोहि बाटो प्रयोग गर्ने भएकाले उनीहरु जोखिम मोलेर हिडने गर्दथे । अब सिँडि र भिर तिर रेलिङ्ग बनाएकाले धेरै सहज भएको श्रीनगर गाँउका स्थानिय तथा निमार्ण उपभोक्ता समितिका अध्यक्ष जर्मकला नेपालीले बताउनु भयो । उहाँका अनुसार सघन शहरी विकास कार्यालय जुम्लाको ४७ लाख आर्थिक लगानीमा रेलिङ्गसहितको सिँडि बाटो सम्पन्न भएको हो ।

स्थानियहरुलाई बजारमा जान मात्र हाेईन खानेपानीको अभाव भैरहने गमगढी बजारका बासिन्दाहरुलाई खानेपानी ल्याउन, नुहाउन र लुगाधुन नजिकै रहेको हुलुम खोला र चैन खोलामा जान पनि सहज भएको छ ।

जिल्ला सदरमुकाम अग्लो डाँडोमा रहेको र वरिपरि बस्ती भएकाले बजारमा जान आउन यस्ता खालका संरचना बनाउँदा छिटो छरितो र समय मै मानिसहरुका बजारजन्य काम सम्पन्न हुने गर्दछन । सघन शहरीले ठिनी तिरबाट, चैन तिरबाट र शसस्त्र क्याम्प तिरबाट पनि बजार प्रवेशका लागी यस्ता खालका रेलिङ्गसहितका सिँडी बनाउन आवश्यक रहेको र सोहि अनुसारका योजना आगामी वर्षमा नगरपालिकाबाट सघन शहरी विकास कार्यालयसंग माग गरिने छायाँनाथ रारा नगरपालिकाका उपप्रमुख ऐश्वर्या मल्लले बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?