जुवा खेलिरहेको अवस्थामा २२ जना पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

लमजुङ । मर्स्याङदी गाउँपालिका-९ डेरा गरी बस्ने सोही गाउँपालिका-३ घर भएका ४० वर्षीय धन बहादुर तामाङको कोठामा जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही गाउँपालिका-३ बस्ने ३६ वर्षीय मिनराज तामाङ समेत २२ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख ७० रूपैयाँ र कौडा १६ थानसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?