त्रिभुवन आदर्श माध्यमिक विद्यालय स्याङ्जामा नेविसंघ गठन

युवराज पौडेल स्याङ्जा, संवाददाता
Read Time = 2 mins

स्याङ्जा । स्याङ्जा जिल्लाको सदरमुकाममा रहेको त्रिभुवन आदर्श माध्यमिक विद्यालयमा नेपाल विद्यार्थी संघ गठन भएको छ । कक्षा ११ मा पढ्ने व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरूको समिति गठन बिहीबार भएको हो ।

करिब १०० जना विद्यार्थी अध्ययनरत उक्त सङ्कायमा नेपाल विद्यार्थी संघ ईकाइ समिति गठन भएको छ । उक्त कमिटी गठन कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी संघ स्याङ्जाका सभापति गौरव प्रधानले नेपाल विद्यार्थी संघ विद्यार्थीहरूका जायज मागहरुको पक्षमा सधैं लड्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेबिसंघ स्याङ्जाको सभापतिको हैसियतले म तपाईँहरूका जायज समस्याहरूका लागि सधैँ साथमा हुनेछु । सिंगो संगठन तपाईंहरूको साथमा हुनेछ ।’

नवगठित समितिको सभापतिमा संगम ढकाल, उपसभापतिमा शिशिर पोख्रेल र स्वीकृति क्षेत्री, सचिवमा सरस्वती नेपाली, कोषाध्यक्षमा विकास सेन र सहसचिवमा सन्ध्या नेपाली रहेका छन् ।

जिल्लाका अन्य विद्यालयमा पनि क्रमशः नेपाल विद्यार्थी संघ गठन गरिने जिल्ला सभापति गौरव प्रधानले बताउनुभयो ।

कार्यक्रममा त्रिभुवन आदर्श बहुमुखी क्याम्पसका स्ववियु सभापति सविन रेग्मी, उपसभापति महादेव कार्की, स्ववियु सहसचिव सन्ध्या लामिछाने, विद्यार्थी नेता गोपी पोख्रेल, नेहा प्रधान लगायतको उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?