माओवादी बैठकमा केन्द्रीय सदस्यले धारणा राख्नेक्रम जारी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको चौथो पूर्ण बैठकको चौथो दिनको छलफल सुरु भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा-प्रतिष्ठानमा जारी बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गर्नुभएको ‘वर्तमान परिस्थिति र पार्टीका प्रमुख कार्यभारहरू’ शीर्षकको राजनीतिक एवं सङ्गठनात्मक प्रस्तावमाथि केन्द्रीय सदस्यले धारणा राखिरहनुभएको छ ।

बुधबारदेखि सुरु भएको बैठकमा शुक्रबारसम्म एक सय ४२ ले उक्त प्रस्तावमा आधारित रहेर धारणा राख्नुभएको छ । शुक्रबार ६८ केन्द्रीय सदस्यले धारणा राख्नुभएको थियाे । प्रत्येक केन्द्रीय सदस्यका लागि पाँच मिनेटको समय निर्धारण गरिएको छ ।

बैठकमा तीन सय ८७ पूर्ण र एक सय ९६ वैकल्पिक केन्द्रीय सदस्यका साथै अनुशासन, लेखा र निर्वाचन आयोगका ४१ सदस्य, सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका ९० पदाधिकारीको सहभागिता रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?