आँखा पाक्ने भाइरसका कारण प्रतापपुरमा तीन दिन विद्यालय बन्द

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 2 mins

नवलपरासी । पश्चिम नवलपरासीका प्रतापपुर गाउँपालिकाले आख पाक्ने भाइरसका कारण ३ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

विद्यार्थीहरुको स्वास्थ्यलाई ध्यानमा राखेर विद्यालय बन्द गर्ने निर्णय गरिएको प्रतापपुर गाउँपलिकाका अध्यक्ष उमेश चन्द्र यादवले बताउनु भयो । उहाँ भन्नुहुन्छ-'आँखा पाक्ने रोगको भाइरसले अधिकाश विद्यार्थीहरु प्रभावित भएको पायौं । त्यसैले प्रतापपुर गाउँपालिकाको २० गते शुक्रवार बसेको बैठकले सबै सामुदायिक विद्यालय, धार्मिक तथा निजि बिधालयहरुको पठनपाठन २१ गते देखी २३ गतेसम्म बन्द गर्ने निर्णय गरेको छौं ।'

पश्चिम नवलपरासी जिल्लाका प्रतापपुर गाउपालिका, बर्दघाट नगरपालिका, रामग्राम नगरपालिका, पाल्हिनन्दन गाउँपालिका, सुनवल नगरपालिका, सरावल गाउपालिका र सुस्ता गाउपालिकामा आँखामा संक्रमण भएका बिरामी बढेका छन् ।

रामग्राम नगरपालिकाले यसको उपचारका लागि आवश्यक औषधि वडा स्वास्थ्य चौकीबाट नै निःशुल्क प्रदान गर्ने र थप जटिलता भएमा नेत्ररोग विशेषज्ञलाई देखाउन प्रचारप्रसार तथा पूर्वतयारीको काम गरिएको नगर प्रमुख धनपति यादवले बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?