इस्लामावाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई भ्रष्टाचारको मुद्दामा तीन वर्षको जेल सजाय सुनाइएको छ।
पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा तेहरिक–ए–इन्साफका अध्यक्ष इमरान खानलाई ट्रयाल कोर्टले गैरकानूनी रूपमा सरकारी उपहार बेचेको अभियोगमा तीन वर्षको जेल सजाय सुनाएको हो ।
७० वर्षीय क्रिकेटरबाट राजनीतिज्ञ बनेका उनीमाथि सन् २०१८ देखि २०२२ सम्म आफ्नो प्रधानमन्त्री पदको दुरुपयोग गरी सरकारी स्वामित्वमा रहेका उपहार खरिद बिक्री गरेको आरोप लागेको थियो ।
आफूमाथिका आरोप खानले अस्वीकार गर्दै आएका छन्। उनलाई एक लाख रुपियाँ पनि जरिवाना गरिएको छ।
शनिवार अपराह्न १२ बजेपछि तोसाखाना मामिलाको सुनुवाइ तेस्रो पटक सुरु भएको थियो। त्यसमा इमरान खानका वकिल अनुपस्थित रहेका थिए।
खानका वकिल इन्तजार हुसैनले रोएटर्स समाचार संस्थालाई पूर्वप्रधानमन्त्रीलाई उनको लाहौरस्थित घरबाट नियन्त्रणमा लिइएको बताएका छन्।
पाकिस्तान चुनाव आयोगका वकिल अमजद परवेजले यो अदालतको सजायसँगै इमरान खान पाँच वर्षसम्म चुनावमा भाग लिन अयोग्य बन्ने बताएका छन्।
गएको मे महिनामा अदालतमा अनुपस्थित भएको आरोपमा उनलाई पक्राउ गरिएको थियो। सो गिरफ्तारीलाई गैर कानुनी घोषणा गरिएपछि उनी रिहा भएका थिए।
खानले निर्वाचन आयोगलाई बुझाएको विवरणमा ती सम्पत्तिबारे उल्लेख गरिएको थिएन। त्यसपछि आयोगले खानलाई प्रधानमन्त्री हुँदा आफूले पाएका उपहारहरू बेचेको र उनलाई फौजदारी कानुनमार्फत् सजाय दिनुपर्ने भन्दै जिल्ला अदालतमा उजुरी दिएको थियो।
के हो तोशाखाना प्रकरण ?
वास्तवमा, पाकिस्तानको कानून अनुसार, विदेशी राज्यका गणमान्य व्यक्तिहरूबाट प्राप्त कुनै पनि उपहार राज्य डिपोजिटरी अर्थात् तोशाखानामा राख्नुपर्छ। यदि राष्ट्र प्रमुखले उपहार राख्न चाहन्छ भने, उसले यसको मूल्य बराबर रकम तिर्नुपर्नेछ। यो लिलामी प्रक्रिया मार्फत निर्णय गरिन्छ। यी उपहारहरू कि त तोषाखानामा जम्मा हुन्छन् वा लिलामी गर्न सकिन्छ र यसबाट कमाएको पैसा राष्ट्रिय कोषमा जम्मा हुन्छ।
पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) पार्टीका प्रमुख खानलाई राज्य भण्डार, तोशाखानाबाट सहुलियत मूल्यमा प्राप्त भएको महँगो ग्राफ रिस्ट घडीलगायत उपहारहरू किनेको र उनी प्रधानमन्त्री हुँदा नाफामा बेचेको आरोप लगाइएको छ। इमरान खानले आफ्नो आधिकारिक भ्रमणका क्रममा करिब १४ करोड रुपैयाँ बराबरको ५८ उपहार पाएका थिए । यी महँगो उपहारहरू तोशाखानामा जम्मा गरिएका थिए। पछि इमरान खानले सस्तो मूल्यमा तोशाखानाबाट किनेर बजारमा महँगो मूल्यमा बेचेका थिए । उनले यो सम्पूर्ण प्रक्रियाका लागि सरकारी कानुनमा पनि परिवर्तन गरेका छन् ।
मिडिया रिपोर्टका अनुसार इमरानले ती उपहारहरू तोशाखानाबाट २।१५ करोडमा किनेका थिए र बेचेर ५।८ करोड रुपैयाँ नाफा कमाए। यी उपहारहरूमा एउटा ग्राफ घडी, एक जोडी कफलिङ्क, एउटा महँगो कलम, एउटा औंठी र चारवटा रोलेक्स घडीहरू थिए। गत वर्ष अक्टोबरमा पाकिस्तानको निर्वाचन आयोग ९भ्ऋए० ले बिक्रीको विवरण साझा नगरेकोमा उनलाई अयोग्य घोषित गरेको थियो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच