चन्द्रमाको कक्षमा ‘चन्द्रयान-३’

Read Time = 2 mins

नयाँदिल्ली । चन्द्रमाको कक्षमा ‘चन्द्रयान-३’ पुगेको छ । प्रक्षेपण गरेको २२ दिनमा भारतको ‘चन्द्रयान-३’ चन्द्रमाको कक्षमा पुगेको हो । गत असार २९ गते दक्षिण भारतमा अवस्थित सतिश धावन अन्तरिक्ष केन्द्रबाट भारतीय समय २ बजेर ३५ मिनेटमा प्रक्षेपण गरिएक एलभिएम ३ रकेटले चन्द्रयानलाई अन्तरिक्षमा पुर्‍याएको हो ।

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)का अनुसार चन्द्रयान-३ ले चन्द्रमाको करिब दुई तिहाइ दूरी तय गरी शनिबार सफलतापूर्वक चन्द्रमाको कक्षमा प्रवेश गरेको छ । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले ट्वीट गर्दै भनेको छ, ‘मोक्स, इस्राक, यो चन्द्रयान-३ हो । म चन्द्रमाको गुरुत्वाकर्षण महसुस गरिरहेको छु ।’

अमेरिका, चीन र रूसपछि चन्द्रमाको सतहमा आफ्नो अन्तरिक्षयान अवतरण गर्ने र चन्द्रमाको सतहमा सुरक्षित र सफल अवतरणका लागि देशको क्षमता प्रदर्शन गर्ने भारत चौथो देश हो । अवतरण पछि चन्द्रयान-३ ले एक चन्द्र दिनको लागि काम गर्नेछ । चन्द्रमाको एक दिन पृथ्वीको १४ दिन बराबर हुन्छ । भारतले चन्द्रयान-३ चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गराउँदै छ । यो क्षेत्रमा हालसम्म कुनै पनि मुलुक पुगेका छैनन् ।

चार वर्षअघि चन्द्रयान-२ चन्द्रमामा अवतरण गर्ने क्रममा दुर्घटना भएपछि त्यसलाई थप परिस्कृत गर्दै भारतले चन्द्रयान-३ बनाएको हो । इसरोले दुर्घटना हुन सक्ने सबै किसिमको अवस्था परीक्षण गरेर प्रक्षेपण गरेको छ । यो मिसनका लागि सेन्सर, एलगोरिदिम, इन्जिन, क्याल्कुलेसनलगायत सबै किसिमका कमजोरी अध्ययन गरिएको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?