बैतडी । बैतडीको पाटनमा मापदण्ड विपरित सञ्चालीत दुई क्लिनिक सिल गरिएको छ ।अवैध रुपमा सन्चालन भउकाे स्वास्थ्य क्लिनीक र दन्त क्लिीनिक सिल गरिएको हो । पाटन बजारमा सञ्चालित निभा स्वास्थ्य क्लिनीक र ओम कान्तिपुर डेन्टल केयरलाई सिल गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी शंकरबहादुर बोहराले जानकारी दिनुभयो ।
सिएम पढेका सुर्खेतका फत्तबहादुर खडकाले चार महिनादेखि सञ्चालन गरेको निभा स्वास्थ्य क्लिनीक दर्ता नै नगरेको सञ्चालन गरेकोले बन्द गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रशाद भट्टले बताउनु भयो ।
सिएम पढेका व्यक्तिले मेडिकल तथा औषधि पसल सञ्चालन गर्न पाउँदैन । दर्ता बिना नै सञ्चालनमा रहेको क्लिनिकमा गर्भपतन गराउने औषधी पनि विक्री गर्ने गरेको पाइएको छ । खड्काले सञ्चालन गरिरहेको नाभा हेल्थ क्लिनिकमा गर्भपतन गर्ने औषधीहरु पनि बरामद गरिएको छ । उक्त औषधी चिकित्सकहरुको सल्लाह विक्री वितरण गर्न नपाइने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख भट्टले बताउनुभयो ।
यस्तै पाटन बजारमै सञ्चालनमा रहेको ओम कान्तिपुर डेन्टल केयरलाई पनि सिल गरिएको छ । विना दर्ता र दत्त क्लिनीको मापदण्ड विपरित सञ्चालनमा रहेकाले शिल गरिएको हो । नियम विपरीत संचालन गरिएको उक्त क्लिनीकमा जिल्ला प्रशासन कार्यालय र स्वास्थ्य कार्यालय र पाटन नगरपालिकाको संयुक्त अनुगमन टोलीले सिल गरेको बताइएको छ ।
यसअघि जिल्लाको सिगास गाउँपालिका–२ मा सिएम पढेका खेमराज अवस्थीलाई विरामी जाँच गरिरहेका अवस्थामा पक्राउ गरि क्लिनिक पनि सिल गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच