भूकम्पमा परी घाइते भएकाहरूको उद्धारका लागि दाङबाट सशस्त्र प्रहरीको टोली पश्चिम रुकुम प्रस्थान

फाइल तस्बिर

विवेक खड्का दाङ, संवाददाता
Read Time = 1 min

दाङ । पश्चिम रुकुममा गए राति गएको शक्तिशाली भूकम्पमा परी घाइते भएकाहरूको उद्धार तथा उपचारका लागि दाङबाट सशस्त्र प्रहरीको एक टोली पश्चिम रुकुमका लागि प्रस्थान गरेको छ।

दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीका अनुसार सशस्त्र प्रहरीका १७ जनाको उद्धार टोली त्यसतर्फ पठाइएको छ।

जिल्लाबाट टोलीले उद्धारका लागि आवश्यक पर्ने उद्धार सामग्री ,औषधी लगेको छ। कर्णाली प्रदेश सरकारको समन्वयमा उद्धार पठाइएको हो।

यस्तै, लुम्बिनी प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली पठाउँदैछ। अर्थमन्त्री धनबहादुर मास्कीका अनुसार आजै स्वास्थ्य सामग्रीसहित चिकित्सक र स्वास्थ्यकर्मीको टोली पठाउन थालिएको जानकारी दिनुभयो।

दाङमा भने अहिलेसम्म भूकम्पबाट कुनै क्षति नभएको प्रमुख जिल्ला अधिकारी सुवेदीले बताउनुभयो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?