थप नौ जनामा कोरोना संक्रमण

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । पछिल्लो २४ घण्टामा थप नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ सय २५ जनाको पिसीआर र एन्टीजेन नमूना परीक्षण गर्दा १५ जनामा संक्रमण देखिएको हो ।

संकलित नमूनामध्ये सात सय ७२ को पिसीआर र सात सय ५२ को एन्टीजेन विधिमार्फत परीक्षण गरिएको हो ।

यस्तै, नेपालमा हालसम्म कोरोना संक्रमण हुनेको संख्या ११ लाख ५३ हजार पुगेको छ । यसमध्ये ९८।७ कोरोनामुक्त भएका छन् । कोरोनाबाट नेपालमा हालसम्म १२ हजार १९ जनाले ज्यान गुमाएका छन् भने अझै पनि चार सय ९९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?