नेपाली बजारमा अब एस्टा वुल्फ ब्रान्डका उत्पादन

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं। नेपाली बजारमा एस्टावुल्फले उच्च गुणस्तरको प्राविधिक उपकरण बिक्रिमा ल्याएको छ । अक्स्ट वुल्फले उच्च गुणस्तरको प्राविधिक उपकरणको ब्रान्ड हो ।

नेपाली बजारमा उसले नेकब्यान्ड, वायरलेस इयरबड, स्मार्ट घडी, पावर बैंक, डाटा केबल, चार्जर, इयरबर्ड र स्पिकर भित्र्याएको छ ।

दुई दशकभन्दा लामो समयदेखि क्रियाशील व्यवसायी कृष्ण मोदी र आशिष अग्रवालले नेपाली टेक एक्सेसरिज ब्रान्ड एस्टा वुल्फको अधिकारिक सुरुवात गर्नुभएको हो।

जुन विभिन्न रङमा उपलब्ध रहेको कम्पनीको भनाइ छ । एस्टा वुल्फको उत्पादन श्रृंखला व्यापक जनसंख्याको माग पूरा गर्न सावधानीपूर्वक तयार गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार अस्टा वुल्फसँगको हाम्रो यात्रा उत्साहजनकभन्दा कुनै कम छैन । प्रत्येक उत्पादनमा ६९ महिनाको वारेन्टी र निःशुल्क प्रतिस्थापन नीति कम्पनीले लिएको छ ।

एस्टा वुल्फको गुणस्तर र ग्राहक सन्तुष्टिको लागि प्रतिबद्धता रहेको र प्रयोगकर्तालाई सहज र आनन्ददायक अनुभव प्रदान गर्नको लागि एवम् ब्रान्डका उत्पादनहरूले उच्च मापदण्डहरू पूरा गरेको सुनिश्चित गर्नको लागि ब्रान्डका उत्पादनहरूको कडा परीक्षण गराइन्छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?