निर्धारित समयमै संसद चल्नुपर्छ, तीन दलको बन्धक हुन सक्दैन : रवि लामिछाने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा संसदीय दलका नेता रवि लामिछानेले निर्धारित मिति र समयमै संसद चल्नुपर्ने बताउनु भएको छ ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा उहाँले निर्धारित समय र मितिमै संसद बैठक बस्ने घण्टी बज्नुपर्ने भन्दै तीन दलका शीर्षनेताको बन्धक संसद हुन नसक्ने बताउनु भयो ।

तीन दलको बार्गेनिङले संसदलाई बन्धक बनाइएको भन्दै उहाँले यस्तो परिपाटीको अन्त्य हुनुपर्ने माग गर्नुभयो ।

साथै उहाँले ललिता निवास प्रकरणमा सर्वोच्च अदालतले अनुसन्धान गर्न भनिएका पूर्व प्रधानमन्त्री माधव नेपाललाई विदेश भ्रमणमा जान छूट दिएकोमा आपत्ति जनाउनु भयो ।

‘जहाँजको सीटमा बसेका नेपाल सरकारका सचिवलाई कठालोमा समातेर पक्रन्छ, अदालतले अनुसन्धान गर्नु भनेको भोलिपल्ट पूर्वप्रधानमन्त्रीलाई विदेश भ्रमणमा जान छूट दिन्छ’ लामिछानेले भन्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?