लघुवित्त पीडितलाई सरकारले कारबाही गर्ने

Read Time = 2 mins

काठमाडौं । लघुवित्त पीडितलाई सरकारले कारबाही गर्ने भएको छ । प्रचलित कानुनअनुसार दर्ता भई सञ्चालन भएका लघुवित्तविरुद्ध सङ्घर्ष समिति निर्माण गरी आन्दोलन गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयले निर्देशन जारी गरेको छ ।

मन्त्रालयले भदौ १ गते लघुवित्तविरुद्ध सङ्घर्ष समिति नामको अवैधानिक समूहले आन्दोलन गरी लघुवित्त कार्यक्रमलाई धरासायी बनाउने कोसिस भइरहेको भन्दै आवश्यक कारबाहीका लागि प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।

लघुवित्तविरुद्ध सङ्घर्ष समिति नामको अवैधानिक समूहले लघुवित्तका कार्यक्रममा अवरोध गर्ने, कपोकल्पित आक्षेप लगाई अनर्गल प्रचार गर्ने र कार्यक्रम बन्द गर्न धम्की दिने गरिएको गृह मन्त्रालयको दाबी छ ।

मन्त्रालयले नेपाल लघुवित्त बैङ्कर्स सङ्घको पत्रमार्फत् सो सङ्घर्ष समितिले गरेको गतिविधिको विषयमा आवश्यक कारबाहीका लागि अनुरोध गरी पत्र बुझाएको र सोही आधारमा लघुवित्तविरुद्ध सङ्घर्ष गर्नेलाई आवश्यक कारबाहीका लागि पत्र काटेको जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?