युवा संघले जलायो प्रधानमन्त्रीको पुत्ला

Read Time = 1 min

काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघले महङ्गी र भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेको छ । युवा संघका कार्यकर्ताले नयाँ बानेश्वरमा आज साँझ प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्लासमेत जलाए ।

प्रदर्शनको क्रममा युवा संघका नेता कार्यकर्ताहरूले सरकारविरुद्ध नाराबाजी गरेका थिए । उनीहरूले प्रदर्शनको क्रममा सरकारविरोधी ब्यानरसहित ‘भ्रष्टाचारी सरकार चाहिँदैन लगायतका नाराबाजी गरेका थिए ।

पेट्रोलियम पदार्थसहित खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तुमा पटकपटक मूल्यवृद्धिका कारण सरकार आलोचित बन्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?