भोजपुरमा कांग्रेसको संगठन सुदृढीकरण अभियान

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 3 mins

भोजपुर । नेपाली कांग्रेस भोजपुरले जिल्लामा संगठन सुदृढीकरण अभियान सुरु गरेको छ । अभियानका लागि केन्द्रले खटाएका प्रतिनिधी पूर्व आमन्त्रित केन्द्रिय सदस्य मनोहर नारायण श्रेष्ठको उपस्थितीमा नेपाली कांग्रेस भोजपुरले मंगलवार जिल्ला सदरमुकाममा संगठन सुदृढीकरणका बिषयमा कार्यक्रम समेत गरेको छ ।

कांग्रेसको केन्द्रिय कार्य समितिले गरेको निर्णय अनुसार गत श्रावण २० गतेबाट सुरु अभियान आगामी ३० गतेसम्म संचालन हुने छ । कांग्रेसको संगठनलाई मजबुत बनाउन यो दश दिने संगठन सुदृढीकरण अभियान सुरु भएको हो ।

जिल्लामा खटिएको प्रतिनिधीलाई जिल्लाको अवस्था, पार्टी संगठनको अवस्था, स्थानीय सरकारका काम विधान बमोजिम गर्नु पर्ने कामहरु भए÷नभएको के–कस्तो अवस्था छ लगायतका बिषयमा प्रतिवेदन तयार गरेर बुझाउने जिम्मेवारी दिईएको छ । अभियानका क्रममा पार्टीको क्षेत्रीय कार्यसमितिको बैठक राख्ने, भ्रातृ संस्था र शुभेच्छुक संस्थाहरुको अवस्थाबारे जानकारी लिने र छलफल समेत हुने कांग्रेसले जानएको छ ।
भोजपुरमा सुरु अभियानलाई सम्वोधन गर्दे केन्द्रिय प्रतिनिधी श्रेष्ठले राण शाासनको अन्तयका लागि समेत महत्वपूर्ण योगदान दिएको भोजपुरमा कांग्रसलाई बलियो बनाउन सवै एकजुट भएर लाग्नु पर्ने धारणा राख्नुभयो ।

जिल्ला सभापति तथा प्रदेश सांसद बिनोद बान्तवाको सभापत्विमा आयोजित कार्यक्रममा कांग्रेस पदाधिकारीहरु, सदस्य, पूर्व पार्टी सभिापति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधी, पालिकाबाट निर्वाचित जनप्रनिनिधीहरु, भातृ तथा सुभेच्छुक संघसंस्थाका प्रतिनिधी सहितका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?