थप १६३ जनामा कोरोना संक्रमण

Read Time = 1 min

काठमाडौं । पछिल्लो २४ घण्टामा एक सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार सात सय ४३ जनाको नमूना परीक्षण गर्दा एक सय ६३ जनामा संक्रमण देखिएको हो ।

पिसीआर परीक्षणबाट एक सय १२ जना र एन्टीजेन परीक्षणबाट ५१ जनामा संक्रमण पुष्टि भएको हो । यसैगरी, हाल नेपालमा २४ सय २० जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा कोरोना संक्रमणका कारण १२ हजार १२ जनाले ज्यान गुमाइसकेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?