काठमाडौं । नेपाल अक्सिजन ग्याँस उत्पादक संघको १३औँ वार्षिक साधारणसभाले पुनः निवर्तमान अध्यक्ष गौरव शारदाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा वीरेन्द्रकुमार संघाई, महासचिवमा नारायणदत्त तिमल्सिना, कोषाध्यक्षमा प्रल्हाद तिमल्सिना र सदस्य शंकरलाल अग्रवाल, अभिक ज्योति, दिनेश ढकाल र शरद खनाल रहेका छन् ।
साधारणसभाले कोरोनाकालमा अक्सिजन उद्योग स्वामित्वमा रहेको अक्सिजन सिलिण्डर ठूलो परिमाणमा विभिन्न सरकारी निकायले उठाई लगेको र हालसम्म फिर्ता नगरेकाले ठूलो आर्थिक नोक्सानी बेहोर्नुपरेको भन्दै सोबारे सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । त्यसैगरी संघले अक्सिजन सिलिण्डरको गुणस्तर मापदण्डसम्बन्धी आवश्यक कानुन बनाउन नेपाल गुणस्तर तथा नापतौल विभाग तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई दबाब दिने निर्णय पनि गरेको छ ।
संघका अध्यक्ष शारदाले भन्नुभयो, ‘अक्सिजन सिलिण्डरको मापदण्डअन्तर्गत कलर कोडिङ, लेवलिङ, म्याक्सिमम फिलिङ प्रेसर, ग्याँस इन्फरमेसन, पेरियोडिक इन्पेक्स डिटेल्सलगायत सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डअनुसारको व्यवस्था लागू गरेमात्र कार्यस्थलमा कर्मचारीको सुरक्षा तथा जोखिम न्यूनीकरण गर्न सकिन्छ ।’ संघले आगामी दिनमा लिक्विड अक्सिजन आयातमा कडाइ गर्न पनि माग गरेको छ ।
अध्यक्ष शारदाका अनुसार नेपालमा सञ्चालित अक्सिजन ग्याँस उद्योगको उत्पादन मागभन्दा धेरै रहेकाले लिक्विड अक्सिजन आयात गर्न आवश्यक छैन । लिक्विड अक्सिजन आयातका कारण देशभरि सञ्चालनमा रहेका २८ अक्सिजन उद्योगको भविष्य धरापमा परेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच