टोटनहमलाई पराजित गर्दै बार्सिलोनाले जित्यो ग्याम्पर ट्रफी

Read Time = 2 mins

लण्डन । स्पेनिस क्लब बार्सिलोनाले जोन ग्याम्पर ट्रफी जितेको छ । मंगलबार राती भएको खेलमा इङ्लिस क्लब टोटनहमलाई ४-२ गोल अन्तरले हराउँदै बार्सिलोनाले ट्रफी आफ्नो पक्षमा पारेको हो । लुइस कम्पनी ओलम्पिक रंगशालामा बार्सिलोनालाई जित दिलाउन रोबर्ट लेवान्डोस्की, फेरान टोरेस, अन्सु फाती र अब्दे इज्जलजौलीले एक-एक गोल गर्नुभयो । टोटनहमका लागि दुवै गोल ओलिभर स्किपले गर्नुभयो ।

लेवान्डोस्कीले खेलको तेस्रो मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाउनुभयो । टोटनहमका लागि खेलको २४औँ मिनेटमा स्किपले बराबरी गोल फर्काउनुभयो । स्किपले खेलको ३६औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोटनहमलाई २-१ को अग्रता दिलाउनुभयो । खेलको ८१औँ मिनेटमा टोरेसले गोल गर्दै बार्सिलोनालाई २-२ को बराबरीमा ल्याउनुभयो ।

बार्सिलोनाका लागि खेलको ९०औँ मिनेटमा फातीले गोल गर्दै टिमलाई ३-२ को अग्रता दिलाउनुभयो । खेलको इन्जुरी समयमा बार्सिलोनाका लागि इज्जलजौलीले गोल गर्दै टिमलाई ४-२ गोलको जित दिलाउनुभयो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?