रुपन्देही । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दुईदिनमै ४० लाखभन्दा बढिको अवैध सामान बरामद गरेको छ ।
शुक्रबार सिमावर्ती क्षेत्रबाट भन्सार छलि गरि ल्याएका विविध सामाग्रीलाई नियन्त्रणमा लिईएको रुपन्देही प्रहरीले जनाएको छ । जसमा रुपन्देहीको मायादेवि गाउँपालिका वडा न.६ बेथरीबाट २७ लाख ४७ हजार ४ सय बराबरको अवैध सामाग्री बरामद गरिएको छ ।
रुपन्देही जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको प्रहरी टोलीले ना ३ ख ४४१३ नं.को ट्रकलाई शंका लागि चेकजाच गर्ने क्रममा भारतबाट अवैध रुपमा भन्सार छली ल्याउदै गरेको अवस्थामा थानको कपडा १५१४ मिटर, साडी ४७४ पिस, सुट ५०८ पिस, व्लाउज ५५ पिस, लेहेङ्गा ५ पिस, पेटिकोट ६ पिस, सल २७ पिस, लुङगी १२ पिस, जेन्स कट्टु ८५ पिस, सेण्डो भेष्ट ८० पिस, सुति साडी ९२ पिस र टप्स ४६ पिस सामान नियन्त्रणमा लिईएको रुपन्देही प्रहरी उपरिक्षक भरत बहादुर वि.कले जानकारी दिनुभयो ।
यस्तै, बिहिबार रुपन्देहीको रोहिणी गाउँपालिका वडा नं. ३ सेमरहवा चोकबाट १२ लाख ६२ हजार २ सय वरावरको सामान बरामद भएको छ ।एसपी वि.कका अनुसार ईलाका प्रहरी कार्यालय धकधई रुपन्देहीबाट खटिएको प्रहरी टोलीले लु १ च ५८३१ नं. पिकअपमा ल्याउँदै गरेको अवस्थामामाला १ बोरा,जेन्स गेम कट्टु ८३६ पिस, लेमिनेसन पेपर १२ पेटी र क्लिप १ बोरा नियन्त्रणमा ल्याईएको हो ।
पक्राउ पर्ने ट्रक चालक जिल्ला स्याङजा पुतलीबजार नगरपालिका वडा न.१३ बस्ने बर्ष ४०का लालबहादुर वि.क, पिकअप चालक नवलपरासी सुनवल नगरपालिका वडा नं. ८ बस्ने बर्ष ३७ को संगित कुमार खरविन र बरामद सामान, सवारी साधनसहित आवश्यक कावाहीको लागी भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा पठाइएको प्रहरीले जनाएको छ ।
गैरकानुनी काम गर्ने जो कसैलाई पनि नछाड्ने एसपी भरत बहादुर वि.कले बताउनु भयो । अवैध रुपमाहुने गतिविधिलाई निरुत्साहित पार्दै समाजमा शान्ति, सुरक्षा र अमनचयन कायम गर्ने प्रमुख ध्येय रहेको उहाँको भनाई छ । एसपी वि.कले भन्नुभयाे- 'तस्करीलाई नियन्त्रण गर्न विशेष योजना बनाएर अघि बढेका छौँ, कानुन भन्दा माथी कोही छैन्, गलत गर्ने जो कसैलाई पनि कानुनी दायरामा ल्याउने छाैं ।'
वषौँ देखि तस्करीको जालो बनेको रुपन्देहीलाई एसपी भरत बहादुर वि.कको यो रणनितिक प्रयासले अवैध क्रियाकलापलाई निरुत्साहित बनाउदै गएकाे छ । अवैध लागुऔषध नियन्त्रण, फरार प्रतिवादी पक्राउ, सचेतना मुलक कार्यक्रम, घटनाको तत्काल कानुनी उपचार र शान्ति सुरक्षाको प्रत्याभुतिले आम जनताले रुपन्देही प्रहरीलाई स्यावासको पात्र मानेका छन् ।
रुपन्देहीका प्रहरी प्रमुख भरत बहादुर वि.कद्वारा मातहातका युनिटहरुलाई गरिएको कुशल परिचालन र रणनितिक योजनाले परिणाममुखी काम देखिएको प्रति आफु सन्तुष्टि भएको महशुस गरेका छन् । प्रहरी भित्रै गलत गर्ने र विभागीय गोपनियता भंगगर्ने केही प्रहरीलाई तत्काल कार्वाहिको दायरामा ल्याएको समेत पाईएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच