बागलुङ । भारी वर्षका कारण राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी कोरिडोर पुनः अवरुद्ध भएको छ । आयोजनाको बागलुङ खण्ड अन्तरगत बागलुङ नगरपालिका–१० दब्ल्याङमा सडक माथिदेखि झरेको पहिराले सडक अवरुद्ध बनाएको हो ।
शुक्रबार दिउसो करिब २० घण्टापछि सुचारु भएको सडक गय राति १२ बजेदेखि पुनः अवरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मदन केसीका अनुसार अहिले पनि भारी वर्षा भइरहेको हुँदा सडक खुलाउन समस्या परेको छ । वर्षा रोकिएपछि सडक खुलाउन थाल्ने प्रहरी नायव उपरीक्षक केसी बताउनुहुन्छ ।
सडक अवरुद्ध हुँदा कालिगण्डकी कोरिडोरमा चल्ने बागलुङ दक्षिणको जैमिनी, बलेवा र बरेङ क्षेत्रका सवारी साधानहरु ठप्प भएका छन् । दिनदिनै सडक अवरुद्ध भएपछि दक्षिण क्षेत्रमा सामान ढुवानी गर्न र यात्रा गर्न समस्या भइरहेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताउनुभयो ।
उहाँ भन्नुहुन्छ – “यो पहिरोले निकै दुःख दिइराखेको छ, बागलुङ नगरपालिका, जैमिनी नगरपालिका र बरेङ गाउँपालिका तथा करिडोरमा यात्रा गर्ने हजारौँ नागरिक यो पहिरोबाट प्रभावित बनेका छन्, यसको दीर्घकालीन समाधानका लागि प्रदेश सरकारसँग छलफल गरेका छौँ, काम सुरु भएको छैन, यात्रा गर्दा कहाँ कतिबेला पहिरो खसेर दुर्घटना हुन्छ भन्ने यकिन गर्नै सकिन्न ।”
बागलुङ–कुश्मिसेरा सडकबाट झरेको पहिरोले कोरिडोर अवरुद्ध भएको हो । यो पहिरोले कोरिडोर र अर्को वैकल्पिक सडकलाई पनि क्षतविक्षत बनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच