टेनिसको उपाधि सेन्टमेरिज र एभरेष्टलाई

हिमालय टाइम्स
Read Time = 4 mins

विराटनगर । विराटनगरमा भएको प्रथम देवीबहादुर कट्वाल र कपिलबहादुर पाण्डे स्मृति टेबलटेनिस प्रतियोगिताको उपाधि सेन्टमेरिज र एभरेष्ट स्कुलले जितेका छन् ।

प्रतियोगिताका विभिन्न इभेन्ट्समा भएका खेलमा सेन्टमेरिज, एभरेष्ट, बुढानीलकण्ठ, अरनिको र लिलिपुट स्कुल विजयी हुँदै उपाधि जितेका हुन् ।

विराटनगर टेबलटेनिस क्लबले आयोजना गरेको प्रतियोगितामा ओपन जुनियर गल्र्स सिंगलतर्फ सेन्टमेरिजकी आर्नवी भट्टराईले सोही स्कुलकी विज्ञता थापालाई ११–७, ११–५ र ११–६ सोझो सेटमा पराजित गर्दै उपाधि जित्नुभयो । सेन्टमेरिजकी मनिमा दाहाल र मानसी सेठिया तृतीय हुनुभयो ।

ओपन जुनियर ब्वाइज सिंगलतर्फ एभरेष्ट स्कुलका सुशान्त मेहताले बुढानीलकण्ठ स्कुलका रूपेश श्रेष्ठलाई १२–१०, ११–८, ९–११ र ११–८ स्कोरले पराजित गर्दै उपाधि जित्नुभयोे । लिलिपुटका श्रीजल प्याकुरेल र लिलिपुटकै पृथकराज राई तृतीय हुनुभयो ।

क्याडेट गल्र्स सिंगलतर्फ बुढानीलकण्ठ स्कुलकी मानसी तामाङले अरनिकोकी सुभेक्षा कर्णलाई ११–५ र ११–५ सेटमा हराउँदै उपाधि जित्नुभयो । पिटर प्यान स्कुलकी प्रेशिका न्यौपाने र इशिका अग्रवाल तृतीय हुनुभयो ।

क्याडेट ब्वाइज सिंगलतर्फ अरनिको स्कुलका आयुद्ध भण्डारीले एभरेष्ट स्कुलका रेहन यादवलाई ११–८ र ११–९ को सोझो सेटमा पराजित गर्दै उपाधि जित्नुभयो । सगरमाथा स्कुलका जीवन पण्डित र बुढानीलकण्ठका आयन श्रेष्ठ तृतीय हुनुभयो ।

गल्र्स सिंगलतर्फ एभरेष्टकी कृपा पोखरेलले श्री श्री रविशंकरकी स्वाती साहलाई ११–६, ९–११, ११–९ र ११–९ स्कोरले हराउँदै उपाधि जित्नुभयो । श्री श्री रविशंकरकी सिम्रन सुवेदी र सेन्टमेरिजकी स्वर्णिमा बुढाथोकी तृतीय हुनुभयो ।

ब्वाइज सिंगलतर्फ लिलिपुटका श्रीजल प्याकुरेलले बुढानीलकण्ठका रिजन पाण्डेलाई ११–७, ६–११, ११–७ र ११–३ स्कोरले हराउँदै उपाधि जित्नुभयो । सगरमाथाका अभिषेक मुखिया र श्री श्री रविशंकरका सक्षम बस्नेत तृतीय हुनुभयो ।

प्रतियोगिताका विजेता तथा उपविजेता खेलाडीहरूलाई शिल्ड, मेडल तथा प्रमाणपत्र कोशी प्रदेशसभाका सदस्य केदार कार्की, टेबलटेनिस संघका केन्द्रीय सदस्य अनुज बानियाँ, आयोजक क्लबका अध्यक्ष विकेन थापालगायतले प्रदान गर्नुभयो ।

प्रतियोगितामा विराटनगरका १६ वटा निजी विद्यालयबाट १८० जना खेलाडीहरूले ब्वाइज र गल्र्स सिंगल, क्याडेट ब्वाइज र गल्र्स तथा जुनियर ब्वाइज र गल्र्स इभेन्ट्समा सहभागिता जनाएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?