हृयारी केन बायर्न म्युनिखमा

हिमालय टाइम्स
Read Time = 2 mins

लण्डन । इंग्लिस क्लब टोटनहमका फरवार्ड हृयारी केन जर्मन क्लब बायर्न म्युनिखमा अनुबन्धित हुनुभएको छ ।

इंग्ल्याण्ड राष्ट्रिय फुटबल टोलीका कप्तान समेत रहनुभएका केनले शनिबार म्युनिखसँग औपचारिक रूपमा सम्झौता गर्नुभएको हो । टोटनहममा १९ वर्ष बिताएपछि केनले १०४ मिलियन पाउण्डमा जर्मन क्लब रोज्नुभएको हो । बायर्नले ९ नम्बरको जर्सीसहित केनलाई शनिबार नै सार्वजनिक गरेको छ ।

उहाँले जर्मन क्लबसँग चार वर्षको सम्झौता गर्नुभएको छ । बायर्नबाट उहाँले मासिक रूपमा दुई लाख १५ हजार पाउण्ड हप्ताको पारिश्रमिक पाउनुहुनेछ । जर्मन सुपर कपमा आरबी आइपेजिगविरुद्धको खेलमा बायर्नले केनलाई मैदानमा उतार्ने सम्भावना रहेको छ ।

यस्तै, बार्सिलोनाका स्टार उसमान डेम्बेलेले पनि बार्सिलोना छोड्नुभएको छ । उहाँ बार्सिलोनाबाट फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)मा ४३ दशमलब ५ मिलियन पाउण्डमा अनुबन्धित हुनुभएको हो ।

डेम्बेले सन् २०१७ मा १ सय ३५ मिलियन पाउण्डमा बार्सिलोनासँग अनुबन्धित हुनुभएको थियो । उहाँले बार्सिलोनाबाट १८५ खेल खेल्दै ४० गोल गर्नुभएको छ । लिग वान क्लब पिएसजीसँग उहाँको पाँच वर्षको सम्झौता भएको हो ।

गत वर्ष बार्सिलोनासँग दुई वर्षको सम्झौता गर्नुभएका डेम्बेलेले दुई कोपा डेल रेको उपाधि जित्नुभएको थियो । बार्सिलोनाका प्रशिक्षक जाभीले अघिल्लो महिना डेम्बेलेले क्लब छाड्न चाहेको सार्वजनिक गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?