काठमाडौं । हास्यव्यंग्यको क्षेत्रमा ‘चट्याङ मास्टर’ को नामले चर्चित कृष्ण मुरारी गौतमले ज्येष्ठ नागरिकका हक हितका लागि बहुआयामिक अभियान सुरु गरेको एक दशक नाघ्यो । जीवनको उत्तरार्धमा पुगेकाहरूलाई सुरक्षित, सम्मानित र सक्रिय जीवन जिउने अवसर र उपायको खोजीमा उहाँले राष्ट्रिय र अन्तर्रास्ट्रिय स्तरमा पुर्याएको योगदानको कदर गर्दै संयुक्त रास्ट्रसंघीय शिक्षा, बिज्ञान तथा संस्कृति कार्यालय (युनेस्को) बाट सन् २०२० को अन्तर्राष्ट्रिय शिक्षा पुरस्कारबाट उहाँ सम्मानित हुनुभएको थियो । एजिङ नेपालले सञ्चालन गरेको ‘जेष्ठ नागरिक आधारभुत शिक्षा कार्यक्रम’ विश्वभरिका अनेकौ प्रतिस्पर्धी मध्ये सर्वोत्कृष्ट ठहरिएको थियो । युनेस्को किंगसेजोंग शिक्षा पुरस्कार हरेक बर्ष विश्वभरिका अनेक प्रतिस्पर्धी मध्ये दुई व्यक्ति या संस्थालाई फ्रान्सको पेरिस स्थित युनेस्को मुख्य कार्यालयद्वारा दिने गरिन्छ ।
एजिङ नेपाल नामक गैर सरकारी सस्थाका संस्थापक अध्यक्ष गौतमका अनुसार एजिङ नेपालले ज्येष्ठ नागरिकको हक, अधिकार र सेवा सुविधामा पहुँच पुर्याउने उद्देश्य राखेको छ । बुढ्यौली समस्या होइन वरदान हो तर बुढ्यौली प्रति रहेको सामाजिक तथा सरकारी दृष्टिकोण या अवधारणा चाँही समस्या हो भन्नुहुन्छ चट्यांग मास्टर अर्थात कृष्ण मुरारी गौतम । उहाँका अनुसार एक्काइसौ शताब्दिलाई बुढाबुढीको शताब्दी पनि भनिन्छ किनभने यो शताब्दीको उत्तरार्धमा विश्वमा ज्येष्ठ नागरिकको जनसंख्या अत्यधिक हुन् गई यसले समाज र राष्ट्रको आधारभूत संरचना तथा सञ्चालनमा आमूल परिवर्तनहरू ल्याउने छ । यो आउँदो समस्या पनि हो र अवसर पनि । त्यस्तो परिवर्तनसँगै आउने समस्या समाधान गर्न हरेक राष्ट्र आफ्नो भरमग्दुर प्रयत्न गर्दैछन् भने जनसंख्या संरचनामा त्यस्तो परिवर्तनबाट प्राप्त हुने नयाँ अवसरको अत्यधिक लाभ उठाउन पनि तयारीहरू गरिदैछन् ।
चट्याङ मास्टर बुढ्यौली साहित्यको स्थापना तथा प्रवद्र्धनमा लाग्नुभएको छ यतिवेला । बाल साहित्य, युवा साहित्य, नारी साहित्य जस्तै पाका व्यक्तिका मनोभाव केन्द्रित रचनालाई बुढ्यौली साहित्य भन्ने गरिन्छ जो जुनसुकै उमेरका व्यक्तिको रचना हुनसक्छ । जेष्ठ नागरिकको विषयमा साहित्य लेख्नेलाई सम्मान पनि गर्नुहुन्छ उहाँ । धेरै साहित्यकारले जेष्ठ नागरिकको बारेमा नलेखेकोमा गौतम गुनासो छ ।
आफूले गरेको कामले नेपाललाई विश्वसामु चिनाउन पाएकोमा अत्यन्त खुशी हुनुहन्छ, चट्याङ मास्टर । संयुक्त राष्ट्रसंघले न्यूयोर्कस्थित आफ्नो मुख्य कार्यालयमा आयोजित विश्व जेष्ठ नागरिक दिवस १ अक्टुबर २०१९ समारोहमा सम्बोधन गर्न चट्याङ मास्टरलाई मुख्य वक्ताको रुपमा आमन्त्रित गरेको थियो । नेपालका हरेक वडामा एउटा ज्येष्ठ नागरिक मिलन चौतारी स्थापना गर्ने अभियानमा पनि उनी उत्तिकै सक्रिय छन् ।
चट्याङ मास्टर हास्यव्यंग्य साहित्यमा लामो समय बिताएका व्यक्ति हुनुहुन्छ । उहाँका ६ वटा ‘चट्याङ गीता’ नामक हास्यव्यंगप्रधान पुस्तकहरू प्रकाशित छन् । एकदर्जन भन्दा बढी भजन तथा राष्ट्र गीतका रचयता गौतमले आफ्नो जन्मस्थल भक्तपुरको गीति एल्बम पनि निकालिसके ।
हास्यव्यंग्य क्षेत्रलाई प्रवद्र्धन गर्ने उद्देश्यले २०५५ सालमा चट्याङ मास्टरलगायत केही साहित्यकार मिलेर ‘सिस्नुपानी नेपाल’ स्थापना गरेको थियो । अहिले ‘सिस्नुपानी’ले देउसी भैलोको माध्यमबाट राजनीतिज्ञलाई चोटिलो व्यंग्य प्रहार गर्नेगर्छ भने हास्यव्यंग साहित्यको प्रचार र प्रसारमा अहम भूमिका निर्वाह गर्दै आएको छ ।
अहिले चट्याङ मास्टर बुढ्यौली साहित्यको स्थापना तथा प्रवद्र्धनमा लाग्नुभएको छ । बाल साहित्य, युवा साहित्य, नारी साहित्य जस्तै पाका व्यक्तिका मनोभाव केन्द्रित रचनालाई बुढ्यौली साहित्य भन्ने गरिन्छ जो जुनसुकै उमेरका व्यक्तिको रचना हुनसक्छ । जेष्ठ नागरिकको विषयमा साहित्य लेख्नेलाई सम्मान पनि गर्नुहुन्छ । धेरै साहित्यकारले जेष्ठ नागरिकको बारेमा नलेखेकोमा गौतम गुनासो पनि गर्नुहुन्छ । अहिले ‘एजिङ नेपाल’मार्फत शिक्षा लिएका जेष्ठ नागरिकले पनि आफ्नो बारेमा साहित्य लेखे भने आफू सन्तुष्ट हुने उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘हामीले वृद्धवृद्धाको चासोको विषय बाहेक अरु केही पनि काम गर्दैनौं र उनीहरूको चासोका कुनै पनि बिषयमा काम गर्न हामी पछि पर्दैनौं ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच