सुनिल शर्मा पार्टी अनुशासनमा नबसेको कांग्रेस प्रवक्ता महतको आरोप

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले पार्टीको अनुशासनमा सबै सदस्य बस्नुपर्ने बताउनु भएको छ ।

कांग्रेस संसदीय दलको बैठकपछि सांसद सुनिल शर्मालक्षित गर्दै प्रवक्ता महतले पार्टीको सदस्य भएपछि पार्टीको अनुशासन र मर्यादाभित्र बसेर आफ्नो विचार राख्नुपर्ने बताउनु भयो ।

सांसद शर्माको पार्टीको मर्यादा र अनुशासन पालनमा प्रश्न उब्जिएको भन्दै महतले भन्नुभयो ‘संसदीय दलमा अनुशासन र मर्यादाको कुराबारे पनि प्रश्न उठेका छन् । के बोल्नु हुन्छ के हुँदैन भन्ने कुरा उठेका छन् । संस्थाको अभ्यास गर्दै आएको भएपनि त्यो नर्म्समा बस्न सक्नुपर्छ । पार्टीका सबै सदस्यले त्यो नर्म्समा बसेर कुरा गर्नुपर्छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?