जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । काठमाडौं महानगरपालिका-१६ कालधारास्थित लामा चिया पसलमा जुवातास खेलिरहेको अवस्थामा काभ्रे भुम्लु गाउँपालिका-२ घर भएका ४१ वर्षीय राम बहादुर थापा समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३४ हजार १ सय २५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?