एनआरएनए अमेरिकाको अध्यक्षमा डा. अर्जुन बन्जाडे विजयी

हिमालय टाइम्स
Read Time = 4 mins

न्यूयोर्क । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकामा डा. अर्जुन बन्जाडे अत्यधिक मतले विजयी हुनुभएको छ । उहाँले निकटतम प्रतिद्वन्द्वी डिलु पराजुलीलाई पराजित गर्नुभएको हो ।

डा. बन्जाडेले ५ हजार ७ सय ३९ मत प्राप्त गर्नुभयो भने पराजुलीले ४ हजार ८ सय ६ मत प्राप्त गर्नुभयो । कूल मतदाता १३ हजार ६ सय ९१ मध्ये ११ हजार २ सय ६९ जनाले मतदान गरेका थिए ।

निर्वाचन समितिले सार्वजनिक गरेको मत परिणाम अनुसार, आगामी दुई वर्षे कार्यकाल (२०२३(२०२५) का लागि डाक्टर बन्जाडे अध्यक्ष पदमा चयन हुनुभएको हो । ‘पारदर्शी, समावेशी र विश्वसनीय परिवर्तन अपरिहार्य छ’ भन्ने मूल नाराका साथ डा. बन्जाडे चुनावी मैदानमा होमिनुभएको थियो ।

आगामी आइतबार शिकागोमा हुने साधारण सभासँगै नव निर्वाचित अध्यक्ष डाक्टर बन्जाडेको नेतृत्वले कार्यभार सम्हाल्नुहुनेछ ।

यस्तो छ निर्वाचित कार्यसमितिको मतपरिणाम–

अध्यक्ष
डा. अर्जुन बन्जाडे ५,७३९
डिलु पराजुली ४,८०६

वरिष्ठ उपाध्यक्ष
विकास उप्रेती ४९४५
अन्जनकुमार चौलागाई ४,७३५

राष्ट्रिय उपाध्यक्ष
भानु खरेल ४,३३५
प्रेम तामाङ ३,९०५
ज्ञानेन्द्र गुरुङ ३,८२६
नेत्र पाण्डे ३,४१०

राष्ट्रिय महिला उपाध्यक्ष
सुनिता सापकोटा कंडेल ४,९५९
सुन्दरी गुरुङ ४,९२९

युवा उपाध्यक्ष
अनुप खनाल ३,७२१
रामचन्द्र पन्त ३,२६४
त्रिभुवन पाण्डे २,७०६

महासचिव
रामहरि अधिकारी ५,१९७
गोपेन्द्र भट्टराई ४,४३९

सचिव
दिपक सापकोटा ४,०५१
एकदेव एस शर्मा ३,४७७
विश्व सुवेदी १,८९३

महिला सचिव
शान्ति पौड्याल ५,३९८
उर्मिला श्रेष्ठ ४,१६७

कोषाध्यक्ष
सरोज सिग्देल ४,६९४
अमित शर्माले ४,६५४

सह कोषाध्यक्ष
दिवाकर पाण्डे ४,६९१
रविसिंह बस्नेत ४,५७५

युवा संयोजक
तेज पौडेल ४,९६६
विकी थापा ४,५३९

महिला संयोजक
सुनिता खत्री ४,८९१
मुना तिवारी ४,५६०

खुलातर्फ राष्ट्रिय बोर्ड सदस्य (निर्वाचित)
डा. गंगाधर आचार्य ४,६८०
बल राई ३,७२२
बिष्णु बराल ३,५०२
निमा शेर्पा ३,२८५
बासुदेव भट्ट ३,२५१
लक्ष्मण दर्लामी २,९०१
मोहन कुसारी २,८८७
नवराज न्यौपाने २,६४७

महिला बोर्ड अफ डाइरेक्टर (निर्वाचित)
दुर्गा तिवारी ४,३६७
रितादेवी प्रधान ३,५३५
सृजना शर्मा ३,३७८
सरस्वती शर्मा ३,२७०

क्षेत्रीय संयोजक (निर्वाचित)
विष्णु खत्री १,१३०(पश्चिम)
आङ टि शेर्पा १,७६२ (उत्तर(पूर्व)
मोहन न्यौपाने २,२२५ (दक्षिण)
महेन्द्र बस्नेत ४८३ (मध्यपश्चिम)

आइसीसी सदस्यहरू (निर्वाचित)
प्रबिन केसी ५,१००
क्षत्रकुमारी गुरुङ ४,८०३
पदमबहादुर ठकुराठी ४,४६८
टंकराज रेग्मी ४,२७८
गोबिन्दकुमार श्रेष्ठ ४,१६८
उत्तमकुमार कार्की ४,०८२
डोलनाथ घिमिरे ४,०१५
दुर्गेशजंग कार्की ४,०१२

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?