तेक्वान्दामा नन्दा बस्यालले जितिन् स्वर्ण

Read Time = 1 min

काठमाडौं । नेपालकी खेलाडी नन्दा बस्यालले अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेकी छन् ।

दक्षिण कोरियामा सम्पन्न साे प्रतियोगितामा उनले विश्व स्योङ्नाम हान्मादाङ अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेकी छन् ।  नन्दाले साइड ब्याककिक ब्रेकिङ विधाको सिनियर मास्टरमा पहिलो स्थान हात पारेकी हुन् ।

फाइनल खेलमा उनले इरानलाई हराएर स्वर्ण पदक जितेकी हुन् । प्रतियोगितमा विभिन्न ५७ वटा राष्ट्रका खेलाडीको सहभागिता रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?