ब्रो बेकरीको शाखा भाटभटेनीमा

Read Time = 1 min

काठमाडौं । फ्रान्सेली सीप, सामान र प्रविधिको प्रयोग गरेर स्थापना भएको ब्रो बेकरीले भाटभटेनीमा शाखा विस्तार गरेको छ । भाटभटेनीस्थित बगैंचा नेपालमा नयाँ शाखा विस्तार गरिएको ब्रो बेकरीका सञ्चालक विनोद ओझाले जानकारी दिनुभयो । पछिल्लो शाखासँगै बेकरीको शाखा पाँच ठाउँमा विस्तार भएको छ ।

यसअघि बसुन्धरामा दुर्ई ठाउँ, पोखरा र ललितपुरको पुल्चोकमा रहेको लबिङ मलमा ब्रो बेकरीका शाखा स्थापना भइसकेका छन् । बेलायतमा बेकरीसम्बन्धी अध्ययन गर्नुभएका ओझाले २०११ मा स्वदेश फर्किएर बेकरीको काम सुरू गर्नुभएको हो । बेकरीका परिकार बनाउन कच्चा पदार्थ पनि फ्रान्सबाटै ल्याउने गरेको उहाँले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?