मेक्सिकोमा गोली हानाहानमा एकको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

मेक्सिको सिटी । मेक्सिकोको लुइसियानामा एक हाईस्कूलमा फुटबल खेलको क्रममा गोली चलेको छ ।

फुटबल मैदानमा भएको गोली हानाहानमा गोली लागेर १६ वर्षीय विद्यार्थीको मृत्यु भएको छ भने एक महिला घाइते भएका छन् ।

समाचार अनुसार अभियुक्तहरू अझै प्रहरी हिरासतबाट बाहिर छन्। गोली लागेपछि पोर्ट एलेन हाईस्कूलको मैदानमा मेडिकल हेलिकप्टर अवतरण भएको प्रहरीले जनाएको छ, जहाँबाट उनलाई सीधै अस्पताल लगिएको छ ।

अस्पतालमा लगे लगत्तै चिकित्सकले विद्यार्थीलाई मृत घोषणा गरेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?