सेयर बजार आज फेरि ओरालो

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सेयर बजार आइतबारकाे तुलनात्मक रुपमा सुस्त देखिएको छ ।

नेप्से सूचक सामान्य रहँदा कारोबार रकम पनि औसतमा मात्र रहेको छ । यस दिन नेप्से सूचक ३.६१ विन्दुले घटेर २०७७.२४ अंकमा अडिएको छ । २ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा २ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ ।

यसअघि ३ दिन लगातार बजार बढेको थियो । तर सोमबार भने बजार सुस्त देखियो । बजार प्रत्येक दिन एउटै गति र प्रवृत्तिमा चल्दैन । घट्ने वा बढ्ने सेयर बजारको सामान्य नियम हो । सूचकका साथमा कारोबार रकम पनि प्रत्येक दिन तलमाथि भइरहन्छ ।

यस दिन २७९ कम्पनीको ५४ लाख १७ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । कारोबार रकममा ११ करोड २४ लाख रुपैयाँसहित कारोबार रकममा आइएमई लाइफ इन्सुरेन्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सोल्टी होटेल र घोराही सिमेन्ट कम्पनी परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?