मुगुमा जिप दुर्घटना : दुई जनाको मृत्यु, सात जना घाइते

हिमालय टाइम्स
Read Time = 1 min

मुगु । मुगुको सोरु गाउँपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा सात जना घाइते भएका छन्।

सोरुकोटदेखि गमगढीतर्फ जाँदै गरेको ग१ज ७७६२ नम्बरको जिप सिपपहिरो नजिकैको डिलबाट करिब २ सय मिटर तल खस्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको र सात जना घाइते भएको सोरुकोट प्रहरी चौकीले जनाएको छ।

मृतक र घाइतेको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ। घाइतेहरूको उद्धारको लागि सोरुकोट प्रहरी चौकी र तारापानी प्रहरी चौकीको प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ।

घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल ठिनी लैजान जिल्ला प्रहरी कार्यालयले दुई एम्बुलेन्स घटनास्थलतर्फ पठाएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?